भात, आलु, चिनी खान नहुने रोग हैन सुगर (भिडिओ)

स्वास्थ्य खबर

मान्छेहरूको हल्लाको पछि भाग्ने बानी छ। मैले बिरामीहरूलाई सुगर भएको छ भने पनि खान नहुने केही छैन भन्ने गरेको छ। बोसो, चिल्लो, गुलियो कसैले खान हुँदैन।

– सुगर भनेको उसिनेको चामल खानु पर्ने रोग होइन। सुगर भएकाले यो खाने, यो नखाने भनेर छुट्टाएका छौं। त्यो भ्रम हो।

– एक चम्चा चिनी खाँदैमा केही बिग्रिन्न। होटलमा भस्म खाने, चिल्लो खाने, रक्सी पिउने तर सामान्य दालभात किन नखाने? सुगरका बिरामी आत्तिन जरूरी छैन। सुगर समाजका हरेक वर्गलाई छ। व्यायाम सबैले गर्न जरूरी छ।

– आधा घन्टा व्यायाम गर्नुस् भन्यो, फुर्सद छैन भन्छन्। सधैँ हतारमा हुने मान्छेले समयमा काम कहिल्यै गर्दैन।

– मान्छे अल्छी भयो भने सुगर हुन्छ। सुगर चिनी खाएर लाग्ने रोग होइन। आवश्यकताभन्दा बढी खाने र चाहिनेभन्दा बढी तौल हुनेलाई सुगर हुन्छ।

– तौल, खाना र व्यायामलाई सन्तुलन मिलाउन सके सुगरबाट बच्न सकिन्छ। चिकित्सकको सल्लाहअनुसार औषधी खानुपर्छ। अनेकथरी जडीबुटीका पछाडि लाग्नु हुँदैन।

सेतोपाटी को सहयोग मा सुगर रोगबारे मधुमेह रोग विशेषज्ञ डाक्टर रूपक भारीसँग गरिएको भिडिओ कुराकानीको पूर्ण अंश

Leave a Reply

Your email address will not be published. Required fields are marked *