कतार,साउदी अरब, मेलेसिया जस्ता गन्तव्यमा नियमित उडान तुरुन्त खोल्न सिफारिस

लकडाउन खबर

जेठ दोस्रो सातापछि सिमित गन्तव्यमा अन्तर्राष्ट्रिय उडान खोल्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सिफारिस गरेको छ। प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उक्त सिफारिस गरेको हो।

निषेधाज्ञा लागू भएपछि वैशाख २३ गतेदेखि बन्द भएको नियमित अन्तर्राष्ट्रिय उडान फेरि खोल्नका लागि व्यवसायीहरुले माग गरेपछि प्राधिकरणले केही गन्तव्यमा खोल्न सकिने निष्कर्ष निकालेको हो।

हिमाल आरोहणका लागि नेपाल आएका विदेशी, वैदेशिक रोजगारमा जाने नेपालीहरुका लागि पनि चार्टर्ड उडानमा महंगो पर्ने भएकाले सिमित ठाउँमा सिमित उडानका लागि अनुमति दिन सकिने प्राधिकरणको निष्कर्ष छ।

प्राधिकरणले जेठ १८ गतेपछि उडान खोल्न सकिने बताएको छ। यद्यपी कोरोना संक्रमणको अवस्था र व्यवस्थापनको सम्भाव्यता हेरेर निर्णय लिनुपर्ने प्राधिकरणको धारणा छ।

कतार,साउदी अरब,चीन, मेलेसिया जस्ता गन्तव्यमा नियमित उडान गर्न खोल्नका लागि सिफारिस गरिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए। हाल भारतसँगमात्र हप्तामा दुई उडान भइरहेका छन्। एयर बबल सम्झौता अन्तर्गत भारतमा भएको जस्तै उडान देशमा गर्न सकिने र त्यसमा नेपाल एयरलाइन्स र अर्को सम्बन्धित देशको एउटा एयरलाइन्सलाई अनुमति दिन सकिने प्राधिकरणले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *