यसरी भर्नुहोस् अनलाइनबाट त्रि.वि.को परीक्षा [ फारम भर्ने तरिकासहित ]

शैक्षिक खबर

काठमाडौं । त्रिभुवन बिश्वविधालयले स्नातक तहको परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरेको छ । स्नातक तह प्रथम बर्षका विद्यार्थीहरुले सम्बन्धित क्याम्पसबाट आवेदन फारम भर्न बाँकि बिद्यार्थीहरुको आवेदन फारम अनलाइन भर्न आह्वान गरेको छ। महामारी नियन्त्रण नआए त्रि.वि.ले अन्य परीक्षा फारम पनि अनलाइनबाटै भर्ने र परीक्षा पनि सोही अनुरूप परीक्षा गर्ने तयारी गरेको छ ।
त्रि.वि.को अनलाइन परीक्षामा फारम भर्ने तरिका ।

१.https://tuexam.edu.np/ साइटमा जानुहोस् ।

२. त्रि.वि परिक्षा नियन्त्रकको साइटमा जाने वित्तिकै त्यहा एउटा औलाले क्लिक गरेको कालो संकेत देखिन्छ । त्यहा क्लिक गर्नुहोस् ।

३. औलाले संकेत गरेको ठाउँमा क्लिक गरेपछि अर्को पेज खुल्छ । त्यहाँ दुई वटा बुँदा तपाइले देख्नुहुन्छ । त्यहाँ भनिएको छ कि, तपाईले पहिले नै कलेजबाट फारम भरिसकेको हो भने कलेज नै तपाईको फारम भरेर समिट गरिदिने छ । यदि तपाईले यसअघि फारम भरेर आफ्नो कलेजमा बुझाएको छैन भने तपाई आफैले अनलाइनबाट भर्नुपर्ने हुन्छ ।

४. तपाईलाई फारम भर्न आउँछ भने तपाईले साइटको दायाँ छेउमा रहेको रजिष्ट्रेशनमा क्लिक गरेर फारम भर्न सक्नु हुन्छ । यदि तपाईलाई फारम भर्न आउँदैन भने दोस्रो बुदाँको इन्सट्रक्सनमा क्लिक गरेर एक पटक इन्सट्रक्सन हेरेपछि सजिलै फारम भर्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *