एक युवाले अर्को मान्छे लाई झु*न्डिएर ह*त्या, मर्ने लाई ब*चाउनु सफल अच*म्म (भिडियो हेर्नुहोस)

भिडियो समाचार

एक युवाले अर्को मान्छे लाई झु*न्डिएर ह*त्या, मर्ने लाई ब*चाउनु सफल अच*म्म (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
हरेक वर्ष हाम्रो देशमा जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मान्ने गरिएको छ। प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जे भनौं जनता आफैंले आफ्नै लागि गर्ने शासन पद्धति हो यो।

प्रजातन्त्रका पिता अब्राहम लिंकनको नाम अहिले पनि सबैले लिने गरेका छन्। लोकतन्त्रका सम्बाहक भनिएका हाम्रा प्रधानमन्त्रीले पनि कोमामा गएको हाम्रो संसद्मा लिंकनको नाम पटकपटक लिएको देखिन्छ। केही दशक यतादेखि हाम्रो राजनीति राजनैतिक रंगकर्मीहरूको थलो बनेको छ।

रुँदै, तड्पिँदै, छाती फुटाउँदै घरबन्दी भई जनताहरू भोकै बसेका छन्, औषधिको अभाव छ, अक्सिजन, बेड भनौं समग्र उपचारको अभाव छ। विदेशमा बस्ने नेपालीहरूको पनि हालत यस्तै छ। अस्पतालका स्वास्थ्यकर्मीहरू आफैँ क्वारेन्टिनमा बस्न थालेका छन्। अब त हुँदा खाने मात्र होइन हुने खानेको पनि भान्सा सुकिसकेको छ, मध्यम वर्गीको हालत, ओठ मुख सुकिसकेको अवस्था छ।

गणतन्त्रका प्रतीक महामहिमबाट मध्यरात्रि नाघिसक्दा प्रतिनिधिसभालाई विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएको छ। दुई, तीन महिनामा भएको अभ्यास यो पहिलो होइन। अदालतले कोमाबाट ब्युँताएको यो संस्था फेरि कोमातिरै फर्केको छ।

राजनीतिकर्मीहरूलाई यो सामान्य लाग्ला तर निर्वाचनका मुख्य पात्र जनतालाई यो अर्को घाँडो भएको छ। कोरोनाले डल्लो परेका बखत भटाभट मान्छे मर्दै गरेका कारुणिक अवस्थामा जनतालाई निर्वाचनले के उत्साह देला।

धेरै चुनाव जनताले भोगिसके, जुन जोगी आए पनि फुस्रे नै देखिएका छन्, चुनाव नै भए पनि पात्रहरू हालकैमध्येबाट आउने हुन्। मध्यरातमा मन्त्रिपरिषद्को बैठक बसे जस्तो गर्ने, रातिराति नै सबै काम सिध्याउने अनौठो परम्परा बसेको धेरै वर्ष भइसकेको छ देशमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *