Breaking: स’र्बोच्चमा ओली र राष्ट्रपति माथि मु*द्धा दर्ता | अदा’लतबाटै गगन थापा र भिम रावलको चेता*वनी, भिडियो हेर्नुहोस (सहि कि गलत ?)

समाचार

Breaking: स’र्बोच्चमा ओली र राष्ट्रपति माथि मु*द्धा दर्ता | अदा’लतबाटै गगन थापा र भिम रावलको चेता*वनी, भिडियो हेर्नुहोस (सहि कि गलत ?)

याे समचार पनि पढ्नुहोस्
संसद् विघटन र चुनावको घोषणा असंवैधानिक र अलोकतान्‍त्रिक रहेको दाबी गर्दै पाँच दलका शीर्ष नेता रिट दर्ता गर्न सोमबार सर्वोच्च अदालत पुगेका छन्। नेपाली कांग्रेस,

नेकपा एमालेको माधव नेपाल पक्ष र जनमोर्चा, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव-डा. बाबुराम भट्टराई पक्ष गरी गरी पाँच दलका सांसदहरु हस्ताक्षरसहित अदालत पुगेका हुन् ।

अहिले अदालतमा सांसदहरु आउने क्रम जारी छ । रिट आइतबार दायर गर्ने भनिए पनि कतिपय सांसदहरुको हस्ताक्षर बाँकी रहेकाले आज दर्ताको तयारी गरिको हो। प्रधानमन्‍त्री केपी ओलीको सिफारिसमा विद्यादेवी भण्डारी गत शुक्रबार मध्यरातमा संसद विघटन गरेकी थिइन।

संसद्‌मा रहेका पाँच दलले संसद् विघटन गरेर चुनावमा जाने कदमलाई प्रतिगमनको संज्ञा दिँदै कानुनी र राजनीतिक रुपमा संयुक्त संघर्ष गर्ने निर्णय गरेअनुसार सर्वोच्चमा गएका हुन्।

संसद् भवन नयाँ बानेश्‍वरमा शनिबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जनता समाजवादी पार्टी,नेपालको उपेन्द्र यादव पक्ष र जनमोर्चाको संयुक्त बैठकले संसद विघटनविरुद्ध सशक्त संघर्ष गर्ने निर्णय गरेको थियो।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेको माधव नेपाल समूहका २३, जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसद गरी १४६ जनाको हस्ताक्षर रिट निवेदनमा छ ।संविधानको धारा ७६ को उपाधारा ५ बमोजिम कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दाबी पेस गर्दा विपक्षी गठबन्धनका तर्फबाट १४९ सांसदले हस्ताक्षर गरेका थिए । तर एमालेको नेपाल पक्षका तीन सांसदले हस्ताक्षर नगरेपछि रिटमा हस्ताक्षर गर्ने सांसदको संख्या १४६ मात्र जुटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *