राष्ट्रपति भण्डारी र ओलीलाई पुर्वराजाले कडा चेतावनी दिदै भने, ‘अपराधलाई जनताले माफी दिने छैनन्’

विचार

पछिल्लो राजनैतिक घटना प्रती सार्वजनिक रुपमा त्यति बोल्न छोडेका थिए राजा ज्ञानेन्द्र।कहिँकतै पत्रकार लगायत कुनै पनि व्यक्तिले समसामयिक राजनीति र अब उनको स्थान तथा भुमिकाबारे कसैले प्रश्न गरिहाले पनि जनताले चाहे भने मात्रै संभव छ,त्यो सबै जनताकै हातमा छ मैले बोल्न मिल्दैन भन्दै आफ्नो अभिव्यक्ति दिने गर्दथे।

त अहिलेको विषम परिस्थितिमा भैरहेको राजनैतिक खिचातानी प्रती उनले ट्विट गर्दै भनेका छन्,जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको आडमा देशलाई दुर्घटनातर्फ धकेल्ने शासकलाई जनताले क्षमा नगर्ने बताएका छन् ।

संसद विघटनपछि प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै पूर्वराजा शाहले राजनीतिक जालझेल सृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको आडमा देशलाई दुर्घटनातर्फ धकेल्नु अपराध भएको बताएका छन् ।उनले लेखेका छन्, ‘यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनीतिक जालझेल सृजना गरी, जनताको स्वास्थ्य जस्तो ग’म्भीर स’मस्यालाई थाती राखेर सत्ता र श’क्तिको ब’लमा स्वार्थका निम्ति देशलाई दु’र्घटना तर्फ ध’केल्ने शा’सक र उनका म’तियारको अ’पराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्।’

उता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको बताएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको विप्लव नेकपाको ठहर छ ।

त्यसैगरी शनिबार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने दाबी गरेका छन् । जनमतसंग्रहका लागि राजनीतिक राजनीतिक दलहरु तयार हुने भए त्यसका लागि संयुक्त सरकार बनाएर निकासका लागि आफ्नो पार्टी तयार रहेको समेत उनले बताएका छन् ।

‘राज्यको सं’कटलाई उ’चित निकास दिन संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ,’ विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पूँजीवाद रोज्ने अधिकार जनमत संग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ।

जनमतसंग्रहका लागि राजनीतिक दलहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि तयार रहेको स्पष्ट पार्न चाहन्छौं ।’विप्लव नेतृत्वको नेकपाले वर्तमान राजनीतिक संकटलाई सरकारको मात्र असफलता बताउन नहुने भन्दै फेरि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु देशलाई अझै संकटमा धकेल्ने चाल भएको समेत बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *