झाडापखाला लागेकी बालिकालाई अस्पतालले उपचार गर्न नमान्दा मृत्यु

समाचार

झापा । अस्पतालले उपचार गर्न नमान्दा झापामा एक बालिकाको ज्या’न गएको छ ।

मेचिनगर–१३ चारआलीकी ११ वर्षीया बालिका एलिना राजबंशीको अस्पतालले उपचार गर्न नमानेपछि अकालमा ज्या’न गएको हो ।

स्थानीय एक बिद्यालयमा कक्षा ४ मा अध्ययनरत राजबंशीलाई हिजो बिहान झाडापखालाको समस्या भएको र दिउँसो ४ बजे पछि बान्ता हुन थालेपछि उनलाई एम्बुलेन्स मार्फत स्थानीय मनकामना अस्पताल लगिएको थियो ।

तर त्यहाँ उपचारका लागि लिन नमानेपछि बिर्तामोड स्थित कन्काई र अञ्जली अस्पताल लगिएको तर अस्पतालले उपचार गर्न नमानेपछि उपचारका लागि अस्पताल चहार्दा चहार्दै उनको बिहीबार राति मृत्यु भएको मेचीनगर १३ का वडाध्यक्ष कृष्ण सिग्देलले जानकारी दिए ।

उनका बुबा नेपाली सेना नुवाकोटमा कार्यरत रहेका छन् Source:news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *