भक्तपुरमा ड’रलाग्दो दु’र्घटना , चार वटा गाडी एकैचोटी ठो’क्किए

समाचार

भक्तपुरमा चार वटा सवारीसाधन आपसमा ठो’क्किएका छन्। शुक्रबार बिहान सूर्यविनायक नगरपालिका-९ स्थित नलिनचोकमा चार वटा सवारीसाधन आपसमा ठो’क्किएका हुन्।

सो दु’र्घटना हुँदा तीन जना घा’इते समेत भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोक जिसीले जानकारी दिए।

बिहान पौने ८ बजे जगाती जाँदै गरेको प्रदेश नम्बर ३-०१-००३ क ६६४३ नम्बरको दूधको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर १-०२-००१ ख ८४०० नम्बरको ट्रक आपसमा ठ’क्किएका थिए। प्रहरी निरीक्षक जिसीका अनुसार घा’इते हुनेहरू ट्रकमा सवार थिए।

सो दुइटा सवारीसाधन ठ’क्कर खाएपछि छेउमा रहेका अन्य सवारीसाधनमा पनि ठो’क्किन पुगेका हुन्। प्रदेश ३- ०१-०२२ च ०९३९ नम्बरको कारलाई पछाडिबाट ठ’क्कर दिएको थियो भने बा २१ च ६०१० नम्बरको स्का’र्पिओ गाडीमा पनि ठो’क्किन पुगेको हो।

स्कार्पिओ गाडी पार्किङमा राखिएको थियो। ती दुबै सवारीसाधनमा पनि सामान्य क्ष’ति पुगेको छ। दु’र्घटनामा परी घा’इते हुनेहरूकको डा ई’वामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको कसैको हात वा खुट्टामा चो’ट लागेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरी निरीक्षक जिसीले बताए।

‘दु’र्घटना हुनुको कारण अहिले खुलिसकेको छैन। हामीले बुझ्ने काम गरिरहेका छौं,’ उनले भने। सवारीसाधन चारै वटा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले यससम्बन्धी थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *