कटारी नगरपालिकाका प्रमुख, उपप्रमुखको घरमा स्थानीयले गरे तो`डफो`ड

समाचार

उदयपुर — उदयपुरको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भिमकुमरी राउतसहित एक वडाध्यक्षको घरमा स्थानीयले तोडफोड गरेका छन् । कटारी नगरपालिका–४ जहडीस्थित सार्वजनीक जग्गामा बनाएको घर नगरपालिकाले भत्काएपछि स्थानीयले बुधबार दिउँसो प्रमुख श्रेष्ठ, उपप्रमुख राउत र वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण दनुवारको घर तोडफोड गरेका हुन् ।

सयौंको संख्यामा आएका स्थानीयले उपप्रमुख राउत, वडाध्यक्ष दनुवार र नगरपालिकाका सूचना अधिकारी ओम मिश्रको घर तोतफोड गरेपछि प्रमुख श्रेष्ठको घर तो’डफोड गरेका थिए ।

नगरप्रमुख श्रेष्ठको घर तो`डपफो`ड गर्दै आगजनी गर्न खोजेपछि प्रहरीले २ सेल अ’श्रु’ग्यास प्रहार गरेको थियो । आ’गजनीको प्रयासपछि स्थिती नियन्त्रण लिन अ’श्रु’ग्यास प्रहार गर्नु परेको इलाक प्रहरी कार्यलाय कटारीले जनाएको छ ।

घर तोड`फोड रोकिएपनि अहिले कटारी बजार त`नाव`ग्र`स्त रहेको स्थानीय सञ्चारकर्मी अभिमन्यु लामिछानेले बताए । स्थानीयले घर तोडफोड गर्दा पूर्णरुपले क्षति पुगेको नगरप्रमुख श्रेष्ठले बताए । प्रहरीका अनुसार स्थानीयको तो’डफो’डका कारण चारै जनाको घर पूर्णरुपमा क्ष’ति पुगेको छ ।

आ’क्रोसित स्थानीयले इलाका प्रशासन कार्यलाय रहेको वडाध्यक्ष दनुवारको घर समेत तोडफोड गर्दै कार्यालयमा समेत असर परेको छ । कोरोना संक्र’मणका कारण गरिएको निषे’धाज्ञाको मौका छोपेर जह’डीमा रातारात घर बनाएपछि त्यसलाई रोक्न नगरपालिको स्थानीय सन्तबहादर सुनुवार लगायतको घर भ`त्काएको सूचना अधिकारी मिश्रले बताए ।अख्ति’यार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय उदयपुरले जहडीको जग्गा संर`क्षण गर्न भनी नि`र्देशन दिएको र नगर कार्यपालिकाले समेत संरक्षण गर्ने निर्णय गरेको मिश्रले बताए ।

अ’ख्तियार, जिल्ला प्रसाशन र कार्यपालिकाले समेत सं’रक्षण गर्नु भनिएको जग्गामा कोरोना संक्रमणको मौका छोपी रा’तारात घर बनाएपछि रोक्नका लागि सन्तबहादुर लगायत ४/५ वटा घर सांकेतिक रुपमा भत्काइएको नगरपालिकाले जनाएको छ । जहडी कटारी बजारभित्र पर्ने स्थान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *