स्पेनले पठायो नेपाललाई यतिधेरै सहयोग: विमानभरि अत्यआवश्यक स्वास्थ्य सामग्री बोकेर नेपाल उड्यो विमान (भिडियो हेर्नुहोस)

भिडियो समाचार

स्पेनले पठायो नेपाललाई यतिधेरै सहयोग: विमानभरि अत्यआवश्यक स्वास्थ्य सामग्री बोकेर नेपाल उड्यो विमान

को*रोना भा*इरस महामारी रोकथाम तथा नियन्त्रणका लागि स्पेनले नेपाललाई स्वास्थ्य सामग्री पठाउने भएको छ । बिहीबार एक चार्टर्ड विमानमार्फत भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले टेलिफोन कुराकानीमा स्पेनका विदेशमन्त्री अराँचा गोन्जलेज लयलाई सहयोगका लागि धन्यवाद दिए ।टेलिफोन कुराकानीमा दुई देशको समग्र सम्बन्ध र सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

याे समचार पनि पढ्नुहोस्
पर्सा जिल्लामा वैशाख १६ गते देखि जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । बुधबार अपरान्ह बसेको जिल्ला को*भिड सं*कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले जेठ ६ गते बिहीबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ १३ गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।

जिल्लामा को*रोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा, संक्रमणको साङगलो तोड्न (चेनब्रेक ) उपयोगी देखिएकाले जेठ १३ गते मध्यराति १२ बजे सम्मका लागि थप्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि पर्सा जिल्लामा वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा पहिलो पटक वैशाख २३ गतेबाट पुनः थप गरी वैशाख ३० गतेसम्मका लागि लम्बाइएको थियो । त्यसपछि दोस्रोपटक वैशाख ३० गतेबाट जेठ ६ गते बिहीबारसम्मका लागि थप गरिएको थियो । बुधबार तेस्रो पटक थप गरी जेठ १३ गतेसम्मका लागि निषोधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *