नेपालमा थप नयाँ भेरियन्टको को’रोना संक्रमण फैलिएको पुष्टि

कोरोना अपडेट(कोभिड -१९)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा भारतीय भेरियन्टको को’रोना भा’इरस फैलिएको पुष्टि भएको जनाएको छ ।मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गरी सो जानकारी दिएको हो।

मन्त्रालयले गत साता देशका विभिन्न स्थान बाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरेर भारतको ल्याबमा पठाएकोमा ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको जनाएको छ ।

यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो । मन्त्रालयले यो भाइरस सबै उमेर र तह तप्काका लागि जो’खिम पूर्ण भन्दै सचेत रहन पनि सार्वजनिक अपिल गरेको छ । नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । भारत लाई तह’सनहस बनाएको भेरियन्ट नै नेपालमा फै’लिएको पुष्टि हुनु चिन्ताको विषय भएको जनस्वास्थ्य विद्हरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुन पनि नयाँ भेरियन्ट चिन्ताको विषय भएको बताउँछन् ।

‘यो भेरियन्टले भारतमा जुन गतिमा संक्रमण फैलियो र तहसनहस बनायो । नेपालमा पनि त्यसको संकेत देखिएको थियो,’ डा. पुन भन्छन्, ‘त्यो पुष्टि हुनु हाम्रा लागि चिन्ताको विषय हो ।’

सुचना:

Leave a Reply

Your email address will not be published. Required fields are marked *