३२ हजार ७८५ रुपैयाँ मासिक किस्ता मै किन्न सकिन्छ हुन्डाई क्रेटा

अटो सम्बन्धि

काठमाडौं । हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी क्रेटा मासिक ३२ हजार ७८५ रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सकिन्छ । यो मासिक किस्ता क्रेटाको डिजेल इन्जिन भएको इ भेरियन्टको आधारमा निकालिएको हो ।

हुन्डाईले अहिले नयाँ वर्ष २०७८ को अवसर पारेर स्कीम सार्वजनिक गरेको छ । यो स्कीममा ग्राहकले पाउने छुट रकमलाई मिलाएर यो मासिक किस्ता निकालिएको हो ।हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इ भेरियन्टको डिजेल क्रेटाको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ ।

अहिले चलिरहेको अफर अनुसार क्रेटाको खरिदमा ग्राहकले १ लाख ३० हजार नगद छुट र स्क्र्याच कार्ड मार्फत न्यूनतम २० हजारदेखि ७८ हजार रुपैयाँसम्म जित्न सक्ने छन् । यसमा रहेको न्यूनतम २० हजार थप नगद छुट पाउँदा कुल १ लाख ५० हजार रुपैयाँ छुट हुने छ ।

अहिले बजारमा अटो लोन निकै कम व्याजदरमा उपलब्ध रहेको छ । अधिकांश ठूला बैंकले ७ प्रतिशत हाराहारीमा कर्जा दिइरहेका छन् । हामीले यहाँ नविल बैंकले अफर गरेको ६.९९ प्रतिशत व्याजदरलाई आधार मानेर मासिक किस्ता निकालेका छौं ।

बैंकले दिइरहेको व्याजदर अनुसार गाडीको मूल्यको ५० प्रतिशत रकम कर्जा सुविधा पाउन सकिन्छ । गाडीको मूल्यको ५० प्रतिशतले हुन आउने रकम २१ लाख ७३ हजार रुपैयाँ ७ वर्षको लागि कर्जा सुविधा लिँदा मासिक ३२ हजार ७८५ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

यस्ता छन् उपलब्ध सबै भेरियन्ट र मूल्य-डिजेल इन्जिन भएको इ भेरियन्टभन्दा माथि इ लोडेड रहेको छ । यसको मूल्य ४५ लाख ५६ हजार रुपैयाँ रहेको छ । पेट्रोल इन्जिन भएको इ भेरियन्टको मूल्य ४७ लाख ५६ हजार, इ लोडेडको ४७ लाख ९६ हजार र एस भेरियन्टको ५३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले डिजेल इन्जिन भएको एस भेरियन्टको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ भने पेट्रोल इन्जिन एसएक्सको मूल्य ६१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।क्रेटाको सबैभन्दा महंगो भेरियन्ट एसएक्स सिभिटीको मूल्य ६७ लाख ९६ हजार रुपैयाँ रहेको छ भने एसएक्स (अप्सनल) सिभीटीको मूल्य ७४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

नयाँ वर्ष अफरमा के पाइन्छ-हुन्डाईले सधैझैँ यस वर्षपनि नयाँ वर्षको अवशरमा ग्राहक लक्षीत योजना सार्वजनिक गरेको छ । यस योजनामा क्रेटा किन्ने ग्राहकले १ लाख ३० हजार नगद छुट, २० देखि ७८ हजारसम्म स्क्र्याच कार्ड मार्फत जित्न सकिने, एक्सचेन्ज बोनस गाडी हेरेर १ लाख रुपैयाँसम्म, शिखर अटो प्लस इन्स्योरेन्स, परिवारमा दोस्रो हुन्डाई गाडी लिनेलाई १५ हजार लोयलटी बोनस जस्ता अफर गरिएको छ ।

यी हुन् क्रेटामा उपलब्ध फिचर-नयाँ जेनेरेशन क्रेटामा दिइएको सबै लाइट एलइडी रहेका छन् । कम्पनीले यसमा ट्रियो बीम एलइडी हेडल्याम्प दिएको छ भने, एलइडी डिएलआरको प्रयोग गरिएको छ । यसमा दिइएको इन्टेरियर लाइटसमेत सबै एलइडी छन् ।

नयाँ क्रेटा रेगुलर मोडलको तुलनामा निकै आरामदायी रहेको छ । यसलाई प्रिमियम बनाउन कम्पनीले टप भेरियन्टमा ठूलो पानारोमिक सनरुफ, लेदर अपहोलिस्टीक, भ्यान्टिलेटेड फ्रन्ट सिट, ८ वे पावर ड्राइभर सिट, अटोमेटिक एयर प्यूरीफएर दिइएको छ ।

पछाडि बस्नेलाई हेडरेष्ट कुसन, वायरलेस चार्जर, बोसको ८ वटा स्पीकरसहितको अडियो सिस्टम, १०.२५ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको कलर टिएफटी इन्ट्रुमेन्ट कन्सोल जस्ता नयाँ फिचर दिएको छ ।हुन्डाईले क्रेटामा नयाँ एड्भान्स व्लुलिंक कनेक्टीभीटी दिएको छ ।

जसको माध्यमबाट ५० भन्दा धेरै फिचरहरु रिमोट र भ्वाइस कमाण्डबाट कन्ट्रोल गर्न सकिने छ ।नयाँ क्रेटामा तीन फरक ड्राइभिङ मोड उपलब्ध रहेको छ । फ्रन्ट ह्वील ड्राइभ सिस्टम रहेको क्रेटामा स्नो, स्यान्ड र मड तीन ड्राइभ मोड छन् । चालकले बाटोको अवस्था अनुकुल यसलाई चलाउन सक्ने छन् ।

नयाँ क्रेटाको बडी निकै बलियो र सुरक्षीत रहेको छ । यसमा प्रयोग भएको हाइस्ट्रेन्थ स्टीलले दुई वटा अफ्रिकन हात्तीको तौल थेग्न सक्ने कम्पनीले दाबी गरेको छ ।यसको अलावा गाडीमा लेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल, भेहिकल स्टेविलिटी म्यानेजमेन्ट सिस्टम, सबै चक्कामा डिस्क ब्रेक, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, गाइडलाइनको साथ रियर पार्किङ क्यामेरा र ६ वटासम्म एयरव्याग दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *