सिमानामा नेपालि युवा हरुले कैलालीमा भारतिय S’S’B लाई रामधु*लाई गरेर भारत लखेटे हेर्नुस पुरा भिडियो

समाचार

सिमानामा नेपालि युवा हरुले कैलालीमा भारतिय S’S’B लाई रामधु*लाई गरेर भारत लखेटे हेर्नुस पुरा भिडियो

याे समचार पनि पढ्नुहोस्
व्यवस्थापकीय र प्राविधिक पक्ष सुधारसँगै उदयपुर सिमेन्ट उद्योगले उत्पादनमा नयाँ रेकर्ड कायम गरेको छ। राजनीतिक भागबन्डाका आधारमा गरिने महाप्रबन्धक नियुक्ति र कर्मचारी आन्दोलनले थलिएको उद्योग पछिल्लो समय व्यवस्थापकीय सुधारसँगै खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति हुन थालेपछि उत्पादन वृद्धि भएको छ हो।

गत माघमा प्रवेश गरेका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको कार्यकालको सय दिनमा उद्योगले ४९ करोड आम्दानी गरेको हो। उद्योगले माघयता ६ करोड ६० लाख १ सय ७३ बोरा सिमेन्ट बिक्री गरेको हो। उद्योगले गैंडा सिमेन्ट उत्पादन गर्छ।

धराशायी बन्दै गएको उद्योगलाई गति दिन महाप्रबन्धक न्यौपानेले उद्योग बचाउका लागि अल्पकालीन र दीर्घकालीन योजना ल्याएको बताए। अधिकांश समय उद्योगभित्रै बिताएका उनले उद्योगको विगत १२ वर्षको इतिहास ब्रेक गर्दै १७ हजार ३ सय ६४ बोरा सिमेन्ट एकै दिन बिक्री गरेको बिक्री विभाग प्रमुख रामबहादुर जीसीले बताए।

एकै दिनको बिक्रीले उद्योगलाई १ करोड २९ लाख ५० हजार ७१ रुपैयाँ प्राप्त भएको उनले बताए। पछिल्लो समय सिमेन्ट बिक्रीदर ह्वात्तै बढेको उनले बताए। जीसीले भने, ‘दैनिक सरदर ८ देखि १२÷१३ हजार बोरा सिमेन्ट बजार जाने गरेको छ।’ न्यौपानेले आफू उद्योग प्रवेश गरेको सय दिनको समीक्षा गर्दै आगामी योजना र हालसम्मका उपलब्धिसमेत सार्वजनिक गरेका हुन्।

संकटपूर्ण अवस्थामा पुगेको उद्योगलाई पुनर्जीवन दिने प्रतिबद्धतासहित कार्यभार सम्हालेका न्यौपानेले देखिने गरी लक्ष्यअनुसार उद्योगलाई सञ्चालनमा ल्याएका छन्। उद्योग सुधारसँगै लगानी थप गर्ने तथा विदेशी लगानीसमेत जुटाउन अध्ययनसमेत सुरु गरेका छन्। २०७७ साउनदेखि पुस मसान्तसम्म ६ करोड ९८ लाख ५ सय ८६ बोरा सिमेन्ट बिक्री गरी ५२ करोड आम्दानी गरेको उद्योगले सय दिनमा क्षमताअनुसार आम्दानी गर्न सफल भएको प्रमुख जीसीले बताए।

पुससम्म ६५ करोड ८२ लाख दायित्व रहेकोमा उद्योगको आम्दानीबाट सरकारी राजस्व ७ करोड, कर्मचारी सेवा सुविधा भुक्तानी ८ करोड, वस्तु आपूर्ति सेवाको भुक्तानी ३० करोड, अवकाश कोषमा ४ करोड गरी रु. ४९ करोड भुक्तानी गरी सकिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *