‘पशुपति आ’र्यघा’टमा श’व ज’लाउन दाउरा कमी नहोस्’ प्रेमबहादुर आले

समाचार

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको श’वदा’ह क्षेत्र आ’र्यघा’टमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् ।

पशुपतिमा श’व ज’लाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आ’र्यघा’ट क्षेत्रमा श’व दा’हका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका हुन् ।

कोरोना सङ्क्रमणका कारण दैनिक मृ’तकको सङ्ख्या बढिरहेको छ । सो क्रममा नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक पौडेलले श’व ज’लाउनका लागि आफूहरूसँग कम्तिमा पनि एक महिनाका लागि दाउरा पुग्ने जानकारी दिए । उनले भने, “रौतहट, बारा जिल्लाबाट दाउरा ढुवानी भएर आउँदैछ, उक्त दाउरा आइपुगे कम्तिमा पनि एक महिनाका लागि श’व ज’लाउन पुग्ने छ ।”

अन्य निजी क्षेत्रसँगको सहकार्यमा दाउरा ल्याउनका लागि पहल भइरहेको महाप्रबन्धक पौडेलले जानकारी दिए । पछिल्लो दुई÷तीन यता पशुपतिस्थित आ’र्यघा’टमा कोरोनाका कारण मृ’त्यु भएका दिनमा कम्तिमा पनि १०० देखि १०४ सम्म शव आउने गरेका छन् ।

पशुपति क्षेत्रस्थित नेपाल वन निगम लिमिटेडको डिपो कार्यालयका इञ्चार्ज द्रोण पोखरेलले कोरोनाबाट मृ’त्यु भएकाको एक शव जलाउन कम्तिमा चार क्विन्टल दाउरा लाग्ने गरेको जानकारी दिए । उनले भने, “को’भिड नभएकाको श’व ज’लाउन दुई क्विन्टल जति दाउरा आवश्यक पर्ने गरेकोमा अहिले को’भिडबाट मृ’त्यु भएकाको श’व ज’लाउन दोब्बर दाउरा आवश्यक पर्छ ।”

उनका अनुसार पछिल्लो दुई हप्ता यता आर्यघा’टमा श’व ज’लाउन का लागि दैनिक २५ हजार केजी दाउराको माग भइरहेको छ । नेपाल वन निगम लिमिटेडले ७७ वटै जिल्लाका डिभिजनल वन कार्यालयसँग दाउराका लागि आवश्यक पहल गरीरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *