कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको नि’धन

कोरोना अपडेट(कोभिड -१९)

काठमाडौं । कोरोना संक्रमित काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको नि’धन भएको छ । उपचारको क्रममा टेकु अस्पतालमा श्रेष्ठको नि’धन भएको हो ।उनी दुई साताअघि संक्रमित भएका थिए । स्वास्थ्य बि’ग्रदै गएपछि आइसियुमा राखेर उपचार गरिएको थियो ।

त्यस्तै पोखराका पत्रकार गणेश पौडेलको कोरोनाका कारण नि’धन भएको छ ।गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा नि’धन भएको पोखरा ३३ का कार्यवाहक वडाध्यक्ष दीपक लामिछानेले पुष्टि गरे ।

४२ वर्षीय पौडेलमा २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । को’भिडका कारण स्वास्थ्यमा समस्या आएपछि उनी ९ दिनदेखि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए ।त्यस्तै गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा नि’धन भएको टेलिभिजनका अर्का पत्रकार अपिल त्रिपाठीले पनि पुष्टि गरेका छन ।

यसैबीच अन्नपूर्ण गाउँपालिकाले पछिल्लो पटक कोरोना भाइरस रोकथामका लागि प्रयास तीब्र पारेको छ । यहि वैशाख २४ गते गरिएको ५० जनाको पिसिआर परीक्षणबाट २४ जनाको नतिजा पोजेटिभ आएपछि कोरोना रोकथामको प्रयासलाई बढी सशक्त बनाइएको हो ।

जसअनुसार बुधबार अन्नपूर्ण ५ स्थित झोवाङ गाउँका २१ संक्रमितको घर पुगी उनीहरुलाई आत्मबल बढाउन हैसला दिइएको छ । त्यस्तै भिटामिन बी, सी र डी तथा माक्स पनि वितरण गरिएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।त्यस्तै सो गाउँमा कन्ट्रयाक टेसिङ पनि गरिएको छ । जसका आधारमा बिहीबार नयाँपुलमा स्वाब संकलन गरिँदै छ ।

यतिबेला गाउँपालिकाभर ३५ सक्रिय सक्रमित छन् । जसअनुसार वडा नं.५ मा सबैभन्दा बढी २१ जना, त्यस्तै १ मा ४ जना, २ मा ६ जना, ३ मा ३ जना र ४ मा १ जना छन् । उनीहरु सबैको होम आइसोलेसनमा उपचार भइरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले जानकारी दिए ।

यसैबीच गाउँपालिकाले कोरोना प्रभाव समुदाय स्तरमै फैलन लागेको भन्दै त्यसको रोकथामका लागि बिहीबारदेखि गाउँपालिका र मातहातका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकमा अन्य सम्पूर्ण सेवाहरु बन्द गरेको जनाएको छ ।जसमार्फत संक्रमण नबढ्ने गाउँपालिकाको विश्वास छ ।

स्वास्थ्य र अत्यावश्यक सेवालाई भने उच्च महत्व दिइने भनिएको छ । त्यस्तै गाउँपालिकाले एक हप्ताको अन्तरालमा पालिका र नयाँपुल क्षेत्रलाई लक्षित गर्दै पिसिआर परीक्षणको व्यवस्था पनि मिलाएको छ । जुन पहिले १० दिनको अन्तरालमा हुँदै आएको थियो ।त्यस्तै पालिकाले हालै ५ शड्ढयाको कोभिड अस्पताल पनि स्थापना गरेको छ ।

जहाँ २४ सै घन्टा स्वास्थ्य उपचारको प्रबन्ध मिलाइएको छ । त्यस्तै अक्सिजन लगायतका थप साधनस्रोत जुटाउन पनि पहल भइरहेको छ ।त्यसैगरी विभिन्न सूचना प्रकाशन गर्ने, वडास्तरमा सम्पर्क व्यक्ति खटाउने, घान्द्रुक, नयाँपुल र ढिकुरपोखरीलाई आधार मानी उपचारका लागि एम्बुलेन्सको व्यवस्था गर्ने काम पनि गाउँपालिकाले गरेको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ। इसिधाकुरा बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *