सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय!

लकडाउन खबर

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्य संस्थाबाहेक सबै सरकारी कार्यालयको सेवा बन्द गर्ने निर्णय गरेको छ ।नगरपालिकाले कोरोना महामारीलाई लक्षित गर्दै नगरपालिका भित्रका आगामी वैशाख मसान्तसम्म सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवा बन्द गर्ने निर्णय गरेको हो । यद्यपि, स्वास्थ्य संस्था, औषधी पसल र खाद्यान्न पसल भने संचालन हुने बताइएको छ ।

सोमबार बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न नगस्तरीय समन्वय समितिसहितको सर्वदलीय बैठकले मंगलबारदेखि लागू हुने यस्तो निर्णय गरेको हो ।बैठकले नगरभित्रका खाद्यान्न पसल भने स्वास्थ्य मापदण्ड पालना गरेर दैनिक बिहान ८ बजेदेखि १० बजे र बेलुका ४ बजेदेखि ६ बजेसम्म खोल्ने, महामारीका बेला कालोबजारी नियन्त्रण गर्न अनुगमन गर्ने र कालोबजारी गरेको पाइए कारबाही गर्ने निर्णय गरेको छ ।

पुर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त
पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उनी कोरोना संक्रमणमुक्त भएका हुन् ।

२ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ । स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उनको अवस्था अहिले सामान्य छ ।

यस्तै पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । पूर्वरानी शाहको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको अस्पतालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *