संक्रमितको घरमै निशुल्क एम्बुलेन्स लिएर पुग्छ अब युवासंघ, यि नम्बरमा सम्पर्क गर्नुहोला

समाचार

नेपालगन्ज । युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागि मंगलबार देखि बाँकेमा निस्शुल्क एम्बुलेन्स संचालनमा ल्याएको छ । मंगलबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चापी युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्याललाई हस्तान्तरण गर्दै कोरोना संक्रमित बिरामिको लागि एम्बुलेन्स सेवाको सुरुवात गरेका छन् ।

बाँके कोरोना संक्रमणको दोस्रो लहरमा जुधिरहेको अवस्थामा युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेले एम्बुलेन्स संचालमा लिएर आएको र एम्बुलेन्स २४ सै घण्टा जिल्लाभरका ८ वटै स्थानिय तहका लागी संचालनमा आउने युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा बताउछन् । एम्बुलेन्स सेवा संगै बिरामी तथा बिरामिको आफन्तलाई मास्क तथा स्यानिटाइजरको समेत ब्यवस्था गरिने बताउछन् अध्यक्ष थापा ।

युवा संघ नेपाल बाँके, युवा संघ नेपाल बैजनाथ गाउँकमिटीले कोरोना संक्रमणबाट मृत्युु भएकाहरुको शव ब्यवस्थापन र स्वाब संकलन तथा संक्रमितको उपचारमा सहयोग गर्दै आएको र मंगलबार देखी कोरोना संक्रमितलाई उपचारको लागि अस्पताल सम्म पुराउन एम्बुलेन्सको ब्यवस्थापन गर्दै संचालनमा ल्याएको युवा संघ नेपाल बाँकेका सचिव सुनिल रसाइली बताउछन् ।

नेपालगन्ज । युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागि मंगलबार देखि बाँकेमा निस्शुल्क एम्बुलेन्स संचालनमा ल्याएको छ ।

मंगलबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चापी युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्याललाई हस्तान्तरण गर्दै कोरोना संक्रमित बिरामिको लागि एम्बुलेन्स सेवाको सुरुवात गरेका छन् ।

बाँके कोरोना संक्रमणको दोस्रो लहरमा जुधिरहेको अवस्थामा युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेले एम्बुलेन्स संचालमा लिएर आएको र एम्बुलेन्स २४ सै घण्टा जिल्लाभरका ८ वटै स्थानिय तहका लागी संचालनमा आउने युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा बताउछन् । एम्बुलेन्स सेवा संगै बिरामी तथा बिरामिको आफन्तलाई मास्क तथा स्यानिटाइजरको समेत ब्यवस्था गरिने बताउछन् अध्यक्ष थापा ।

युवा संघ नेपाल बाँके, युवा संघ नेपाल बैजनाथ गाउँकमिटीले कोरोना संक्रमणबाट मृत्युु भएकाहरुको शव ब्यवस्थापन र स्वाब संकलन तथा संक्रमितको उपचारमा सहयोग गर्दै आएको र मंगलबार देखी कोरोना संक्रमितलाई उपचारको लागि अस्पताल सम्म पुराउन एम्बुलेन्सको ब्यवस्थापन गर्दै संचालनमा ल्याएको युवा संघ नेपाल बाँकेका सचिव सुनिल रसाइली बताउछन् ।

प्रवीण बि।सी। (नेपालगन्ज उपमहानगरपालिका ९८५८०२५४८५)

बिकास काउचा (खजुरा गाउँपालिका ९८५८०३०४०४)

केशव शर्मा (जानकी गाउँपालिका ९८६६७१३७५०)

प्रेम बिष्ट (बैजनाथ गाउँपालिका (९८४८२३४८०६)

दिपेन्द्र कुंवर (कोहलपुर नगरपालिका (९८५८०४१३६५)

गुरु बचन यादव (नरैनापुर गाउँपालिका (९८६४९५७६०२)

सरोज बिक्रम बिष्ट (राप्तिसोनारी गाउँपालिका (९८५८०८०२४०)

कैलाश किशोर मिश्र (डुडुवा गाउँपालिका (९८६४९४५२८३)

Leave a Reply

Your email address will not be published. Required fields are marked *