काठमाडौँमा थप १५ दिन निषेधाज्ञा लम्ब्याउन सिफारिस

लकडाउन खबर

काठमाडौँ । काठमाडौँ जिल्लामा निषेधाज्ञा १५ दिन लम्बिने भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले काठमाडौँमा निषेधाज्ञाको अवधी थप १५ दिन लम्ब्याउने निर्णय गरेको हो।

काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस भएको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।

अब जेठ १२ गतेसम्म काठमाडौँमा निषेधाज्ञा कायम रहने भएको छ। दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि वैशाख २९ गते सकिँदै छ। थप समाचार -प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजै संसदमा विश्वासको मत लिन लागेका ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। एक मन्त्रीले बैठक बोलाइए पनि एजेण्डा जानकारी नभएको बताए ।यसैबीच प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

विशेष अधिवेशन शुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरु गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिएका छन ।

आजको दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै मन्तव्य दिने, प्रस्तावउपर दली आधारमा छलफल गर्ने, प्रधानमन्त्रीले सांसदहरुले उठाएका विषयमा जवाफ दिने र विश्वासको मतसम्बन्धी प्रस्तावउपर मतविभाजन गर्ने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *