भर्खर विश्वभर खैला*बैला: पृथ्वीमा खस्दैछ अनिय`न्त्रित चिनियाँ रकेट, यस्तो अवस्थामा निम्तन सक्छ वि’ध्वंश (भिडियो हेर्नुहोस)

समाचार

११० फुट लम्बाई भएको अनियन्त्रित चिनियाँ ‘लङ मार्च फाइभबी रकेट’ शनिबार अर्थात् आज पृथ्वीमा प्रवेश गर्ने अमेरिकी स्पेस कमाण्डको अनुमान छ । २२ मेट्रिक टन ताैल भएकाे उक्त रकेटले मानव जीवनमा न्यून क्षति गर्ने अनुमान अधिकारीहरूले गरेका छन् ।

पृथ्वीमा प्रवेश गरेको केही घण्टा नबितेसम्म रकेटको पाटपूर्जा कुन स्थलमा खस्छ भन्ने कुरा यकिनका साथ भन्न नसकिने बताइएकाे छ । प्रारम्भिक रिपाेर्टअनुसार याे रकेट समुद्रमा खस्ने छ ।

हाल रकेटले भूमध्यरेखादेखि ४१.५ डिग्री छड्के डायग्नकल्ली पृथ्वीको परिक्रमा गरिरहेको बताइएको छ । जसको अर्थ यो पृथ्वीको अधिकांश हिस्सा हुँदै गुज्रिनेछ । यसले दक्षिणमा चिल्लीदेखि न्यूजिल्याण्डको आधा हिस्सादेखि उत्तरमा न्यूयोर्क र मड्रिड सहरलाई पनि समेटेकाे छ ।

२९ अप्रिल बिहीबारका दिन चीनले हिनानमा रहेको वेनचाङ स्पेस लञ्च सेन्टरबाट तियान्हे प्रक्षेपण गरेको थियो । लङ्ग मार्च ५ बी चीनको सबैभन्दा ठूलो रकेट क्यारियर हो । केही दिनअघि मात्र एकजना विज्ञले उक्त रकेटको ब्याकबोन पृथ्वीको पर्यावरणमा अनियन्त्रित तवरमा पुनः प्रवेश गर्ने बताएका थिए ।

पृथ्वीको पर्यावरणमा रहेका वस्तुहरु ट्र्याक गर्ने एक जना अन्तरिक्ष यात्री जोनाथन म्याकडोयलले स्पेसन्युजसँगको कुराकानीमा रकेटले न्यूयोर्कको केही उत्तर, मड्रिड, बेइजिङ र चिलको पश्चिमी भाग र न्युजिल्याण्डको विलिङ्टनको बाटो समात्न सक्ने बताएका छन् ।

यो उक्त क्षेत्रको जुनसुकै भागमा अवतरण हुनसक्छ । पृथ्वीको पर्यावरणमा प्रवेश गर्नुअघि नै रकेट पर्यावरणमा जलेर नष्ट हुनसक्ने अपेक्षा पनि छ ।जलेर नष्ट नभएका टुक्राहरू भने समुद्र अथवा निर्जन क्षेत्रमा खस्नेछन् । स्पेस न्युजको रिपोर्टमा भनिएको छ, ‘तर जनधनको क्षति हुनसक्ने जोखिम भने बाँकी नै छ ।’

अन्तरिक्षका कृत्रिम टुक्राटाक्री ट्र्रयाक गर्नेहरुले केही दिनदेखि रकेट क्रमशः पूर्वानूमान गर्न नसकिने गरी पृथ्वीतिर फर्किरहेको अवस्था नियालिरहेका छन् । रकेट पुनः पृथ्वीमै फर्केपछि यो नै अहिलेसम्मकै सबैभन्दा ठूलो अनियन्त्रित फर्किने यान हुनेछ ।

भर्खर विश्वभर खैला*बैला: पृथ्वीमा खस्दैछ अनियन्त्रित चिनियाँ रकेट, यस्तो अवस्थामा निम्तन सक्छ वि’ध्वंश (भिडियो हेर्नुहोस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *