डिभी लोटरीको नतिजा सार्वजनिक, रिजल्ट थाहा पाउन यहाँ क्लिक गर्नुहोस !

रोजगार खबर

डिभी लोटरी २०२२ को नतिजा सार्वजनिक भएको छ । नेपाली समय अनुशार शनिबार राती पौने १० बजेदेखि डिभी लोटरीको नतिजा सार्वजनिक भएको हो । गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो ।

अमेरिकाको न्युयोर्क समय अनुशार मे ८ तारिख अपरान्ह १२ बजेदेखि डिभी लोटरीको नतिजा सार्वजनिक भएको अमेरिकी सरकारको डि’पार्टमेन्ट अफ स्टे’ट ब्यूरो अफ कन्सुलर अ’फेयर्सले जनाएको छ ।अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ ।

आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐ’नको दफा २०३(सी) ले ऐ’तिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आ’प्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डा’इभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।आर्थिक वर्ष सन् २०२२ का लागि ५०,००० डाइभर्सिटी भिसा (डिभी) उपलब्ध गराइनेछ ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो क’न्फर्मेशन नम्बर, थर र ज’न्मेको बर्ष हाल्नुहोला । चिठ्ठा पर्ने आवेदकहरू (“विजेताहरू”) ले डिभी कार्यक्रमका लागि यो’ग्य हुनका निम्ति सरल तर क’डा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ ।

भिसाहरू छ भौ’गोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।सन् २०२२ का डिभी विजेताहरुले आगामी अक्टोबर १ बाट भिसा पाउन सुरु गर्नेछन् ।रिजल्ट थाहा पाउन यहाँ क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *