सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय!

Uncategorized

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्य संस्थाबाहेक सबै सरकारी कार्यालयको सेवा बन्द गर्ने निर्णय गरेको छ ।नगरपालिकाले कोरोना महामारीलाई लक्षित गर्दै नगरपालिका भित्रका आगामी वैशाख मसान्तसम्म सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवा बन्द गर्ने निर्णय गरेको हो । यद्यपि, स्वास्थ्य संस्था, औषधी पसल र खाद्यान्न पसल भने संचालन हुने बताइएको छ ।

सोमबार बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न नगस्तरीय समन्वय समितिसहितको सर्वदलीय बैठकले मंगलबारदेखि लागू हुने यस्तो निर्णय गरेको हो ।

बैठकले नगरभित्रका खाद्यान्न पसल भने स्वास्थ्य मापदण्ड पालना गरेर दैनिक बिहान ८ बजेदेखि १० बजे र बेलुका ४ बजेदेखि ६ बजेसम्म खोल्ने, महामारीका बेला कालोबजारी नियन्त्रण गर्न अनुगमन गर्ने र कालोबजारी गरेको पाइए कारबाही गर्ने निर्णय गरेको छ ।

काठमाडौ । भ्रमण भिसामा मलेसिया गएर उतै बसेका नेपालीहरुले अब तत्काल मलेसिया छोड्नुपर्ने भएको छ । स्वदेश नफर्केर मलेसियामै बसेकाहरुलाई त्यहाँको सरकारले यही वैशाख ९ गतेसम्ममा स्वदेश फर्कन निर्देशन दिएको छ ।

भिजिट भिसामा मलेसिया गएर विगत एक वर्षदेखि उतै बसेकाहरु अब मलेसिया बस्न नपाउने भएका हुन् । मलेसिया नछाडेका विदेशी नागरिकलाई २१ अप्रिल अर्थात् आगामी ९ वैशाखसम्म मलेसिया छाड्न त्यहाँको सरकारले निर्देशन दिएको हो।

निर्देशन नमान्नेहरुलाई मलेसिया सरकारको अध्यागमन नियम अनुसार कारवाही गर्ने भएको छ । मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसामा आफ्नो देश आएका तर भिसा नवीकरण नगरेर बसेकाहरुलाई देश छोड्न भनेको हो । त्यस्ता विदेशी नागरिकलाई २१ अप्रिलसम्ममा आफ्नो देश नछाडे कडा कारबाही गर्ने चेतावनी दिएको छ।

रोजगारीको उद्देश्य लिएर भ्रमण भिषामा मलेसिया प्रवेश गरेकाहरुलाई पनि देश छोड्न भनिएको हो । २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेले त्यहाँको कडा अध्यगमन नियमानुसार कारबाही भोग्नुपर्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

मलेसियाले भ्रमणमा जाने विदेशीलाई सुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ । भ्रमण भिसामा गएर स्वदेश नफर्किनेको सङ्ख्या बढेपछि मलेसियाले यस्तो चेतावनी दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *