खुसीको खबर : रुसले ल्यायो एकै डोजले काम गर्ने खोप !!

कोरोना अपडेट(कोभिड -१९)

रुसले कोरोनाको सिंगल डोज खोप निर्माणमा हासिल गरेको छ । यस खोपको नाम स्पुतनिक लाइट दिइएको छ र यो खोप ७९ दशमलव ४ प्रतिशत प्रभावकारी हुने अधिकारीहरुले बताएका छन् । यो खोप मस्को स्थित गामलिया रिसर्च इन्स्टि`च्युटले बनाएको हो, यसअघि यही इन्स्टि`च्युटले स्पु`तनिक भी नामक खोप बनाएको थियो । विश्वका ६० देशमा यसको प्रयोग भइरहेको छ ।

रुसले यो खोपलाई कोरोना भाइरस विरु`द्धको विश्वकै पहिलो खोपका रुपमा प्रचार गरिरहेको छ । भारतले स्पुतनिक खोपलाई अनुमति दिइसकेको छ र १ मेदेखि यसको पहिलो डोज भारतमा आइसकेको छ ।

त्यसैले, नयाँ सिंगल डोजको लाइट खोपलाई पनि भारतले चाँडै अनुमति दिने अनुमान गरिएको छ । स्पुतनिक भी जसरी नै स्पुतनिक लाईटलाई पनि रसियन डाइरेक्ट इनभेस्टमेन्ट फन्डले लगानी गरेको छ । यस कम्पनीका सिइओ किरिल दिमि`ट्रियवका अनुसार यस खोपको

मूल्य १० डलर (झन्डै ११८० रुपैयाँ) पर्नेछ । यस खोपको फेज ३ ट्रायलमा ७ हजार मानिस समावेश भएका छन् । घाना, रुस र युएईमा ट्रायल चलेको थियो । २८९ दिनपछि यसको डाटा एना लाईज गरियो । जस अनुसार यो खोप कोरोनाका सबै नयाँ स्ट्रेनमा असरदार रहेको पाइयो । डाटाले देखाए अनुसार अन्य दुई डोजका धेरै खोपभन्दा यो धेरै असरदार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *