अमेरिकामा नेपालका डा. इन्द्र साहुलाई ३ करोड ५० लाखको प्रतिष्ठित एनएसएफ अवार्ड प्राप्त

समाचार

सप्तरीको महदेवा गाउँपालिका–२ अकवरपुर घर भई हाल क्याम्बेल्सविल विश्वविद्यालयमा कार्यरत ४३ वर्षीय नेपाली अनुसन्धानकर्ताले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउण्डेशन (एनएसएफ)अवार्ड पाएका छन् ।अमेरिकाको केन्टकी राज्यस्थित क्याम्बेल्सविल विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा कार्यरत भौतिकशास्त्री डा. इन्द्रदेव साहुले २ लाख ९७ हजार डलर (करिब ३ करोड ५० लाख रुपैयाँ) राशिको अवार्ड पाएका हुन् ।

अमेरिकाको संघीय सरकार मातहतको अमेरिकी राष्ट्रिय विज्ञान प्रतिष्ठानले यो अवार्ड साहुलाई अनुसन्धातवृत्तिका लागि दिएको हो । सप्तरीको महदेवा गाउँपालिका–२ अकवरपुर घर भएका ४३ वर्षीय साहु क्याम्बेल्सविल विश्वविद्यालयमा बायोमेडिकल फिजिक्स सम्बन्धीको विषयमा अध्ययन, अनुसन्धान र अध्यायपन गराउँछन् ।

उनको यो रकम तीन वर्षभित्रमा अनुसन्धानमा खर्च गर्नुपर्नेछ ।पोटासियम च्यानल एसेसरी प्रोटिन(केसीएनई३) को संरचना र गतिशिलताको अध्ययनका लागि साहुले यो अनुदान पाएका हुन् ।

एनएसएफ अमेरिकाको संघीय सरकार मातहतको निकाय हो ।एनएसएफले दिने यो अनुदान(अवार्ड ) पाउनका लागि निकै प्रतिस्पर्धा हुने गर्छ ।सन् २००९ मा स्टेट युनिर्भसिटी अफ न्यूयोर्कबाट विद्यावारिधि गरेपछि साहुले वाहायो राज्यको मायामी विश्वविद्यालयमा पोस्ट डक्टरल र रिसर्च साइन्टिस्टको रुपमा काम गरेका थिए ।

उनले भने,‘नेपाली अनुसन्धानकर्ताहरुका लागि पनि यो अवसर र हौसला हुन सक्छ ।’ निरन्तरको लगनशिलता र लगावका कारणले यो उपलब्धि हासिल गरेको उनले बताए । इताजाखबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *