आज एकैदिन २७०७ जना संक्रमण मुक्त भएर घर फर्किए

कोरोना अपडेट(कोभिड -१९)

कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।

आज देशभर ९ हजार ७० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको आरटी–पीसीआर परिक्षण र ७ सय ७५ जनाको एन्टिजेन परिक्षण गरिएको जानकारी प्राप्त भएको छ ।

मन्त्रालयको अनुसार २० हजार ३६७ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ८ हजार ९७० जना र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज ५४ जनाको मृत्यु भएको छ | यस अघि हिजो ५८ जनाको मृत्यु भएको थियो | नेपालमा दिनानुदिन संक्रमितको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप ५४ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३५२९’ पुगेको छ|

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७०७ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् | २ हजार ७०७ जना संक्रमण मुक्त भएसंगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २ लाख ९२ हजार ४९० पुगेको छ | file photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *