आज एकैदिन १९९३ जना संक्रमण मुक्त भएर घर फर्किए

कोरोना अपडेट(कोभिड -१९)

कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।

आज देशभर आठ हजार ६५९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २०७५६ जनाको पीसीआर परिक्षण र ६१६ जनाको एन्टीजेन परिक्षण गरिएको जानकारी प्राप्त भएको छ ।

मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमका अनुसार ८६०५ जनाको पीसीआर परिक्षण बाट र ५४ जनाको एन्टीजेन बिधि बाट कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज अहिले सम्मकै धेरै ५८ जनाको मृत्यु भएको छ| यसअघि हिजो एकैदिन ५५ जनाको कोरोनाकै कारण ज्यान गएको थियो ।नेपालमा दिनानुदिन संक्रमितको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।थप ५८ जनाको मृत्यु भएसंगै कोरोना सक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ३ हजार ४७५ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् | १९९३ जना संक्रमण मुक्त भएसंगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २ लाख ८९ हजार ७८३ पुगेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *