तपाई काठमाडौं उपत्यकामा बस्नुहुन्छ ? त्यसो भए २ मिनेट दिएर यो सूचना पढ्नुहोस

समाचार

नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ । केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जानकारीका लागि १०५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

शव व्यवस्थापनका लागि मृतक प्रमाणपत्र, कोभिड–१९ को पोजेटिभ रिपोर्टसहितका कागजात छाउनीस्थित केन्द्रमा इमेल गर्न सकिनेछ । अस्पतालमा मृत्यु हुनेको हकमा सम्बन्धित अस्पतालले सिसिएमसीलाई शव व्यवस्थापनका लागि अनुरोधपत्र वा होम आइसोलेशनमा मृत्यु हुनेका हकमा स्थानीय पालिकाको पत्र आवश्यक पर्ने केन्द्रले जनाएको छ ।

त्यस्तै काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ गरिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गर्दै सरकारी कर्मचारी तथा सवारी साधनलाईसमेत नियन्त्रण गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बिमा लगायतका कार्यालयहरू एक चौथाइ कर्मचारी मात्र उपस्थित हुने गरी सञ्चालन गर्ने निर्णय गरेको बैठकले सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्वारा जारी गरेको सवारी पास र परिचय पत्रका आधारमा आवतजावत गर्न दिने भनेको छ ।

त्यसैगरी बैङ्क तथा वित्तीय संस्थाको हकमा काठमाडौँ उपत्यकामा २५ प्रतिशत शाखा कार्यालयहरू मात्र खुल्ला गर्ने र केन्द्रीय कार्यालयहरूले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउने र सो को विवरण नेपाल राष्ट्र बैङ्क र जिल्ला प्रशासन कार्यालयलाई दिने भनेको छ ।

त्यस्तै आज कोरोनाका कारण पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । यसअघि हिजो एकैदिन ३७ जनाको कोरोनाकै कारण ज्यान गएको थियो ।

नेपालमा दिनानुदिन संक्रमितको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ को मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *