शल्यकृयाका लागि डा. बाबुराम भट्टराई वीर अस्पताल भर्ना

समाचार

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई विहिवार वीर अस्पतालमा भर्ना भएका छन् । उनी शल्यकृयाका लागि अस्पताल भर्ना भएका हुन् ।

न्युरो–इन्डोक्राइनको शल्यक्रियाका लागि अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ । भट्टराईको शल्यक्रिया अस्पतालका डा। सुबोध अधिकारी नेतृत्वको टिमले शुक्रवार गर्ने बताइएको छ ।

यसअघि ट्युमरमा क्या न्स र भएको आशंकामा भट्टराई परीक्षणका लागि भारतको नयाँदिल्ली पुगेका थिए । नेपालमा गरिएको परिक्षणमा उनको रोग पत्ता लागेको थिएन । नेपालकै चिकित्सकको सुझाव अनुसार दिल्ली पुगेका डा भट्टराईका रोग पत्ता लागेको थियो । परीक्षणले ट्युमरमा क्या न्स र नभएको देखाएपछि नेपालमै शल्यक्रिया गर्न लागिएको हो । Source:etajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *