कोरोनको कहर चलिरहेको बेला ह्वात्तै घट्यो सुनको मूल्य ।

अर्थ खबर

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रति तोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा मंगलबार एक सय रुपैयाँले गिरावट आउँदै ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको हो भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्यमा भने गत सोमबारको तुलनामा मंगलबार सामान्य मूल्य वृद्धि भएको छ । महासंघका अनुसार चाँदीमा प्रति तोला ५ रुपैयाँले वृद्धि हुँदै मंगलबार प्रति तोला १ हजार ३१५ रुपैयाँ कायम भएको हो । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *