काठमाडौमा १६ गते देखि निषेधाज्ञा लागू हुँदा बैंक र सरकारी कार्यालय के हुन्छ ?

लकडाउन खबर

काठमाडौं । काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा लगाइनेनिर्णय जिल्ला प्रशासन कार्यालयले गरेको छ । आफ्नो गन्तब्यमा जाने दुई दिनको समय दिएर काठमाडौमा कडा लकडाउन गर्न लागिएको हे ।काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच बैठकमा निषेधाज्ञा लगाउने सहमति भएको हो ।

आजै निषेधाज्ञाबारेको विस्तृत निर्णय सार्वजनिक गरिने भएको छ । वैठकमा सहभागी एक अधिकारीका अनुसार निषेधाज्ञामा सार्वजनिक र नीजि सबै यायायात पूर्ण रुपमा बन्द गरिनेछ । तर बैंक र सरकारी कार्यालय भने खुल्नेछन् ।

अत्यावश्यक र तोकिएका कामबाहेक निस्कनेमाथि कडाइ गरिने प्रशासनले जनाएको छ । खाद्यान्नका पसल खुल्नेछन् । स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कानुनी दायरामा ल्याइनेसमेत सहमति भएको छ । यसबाहेक निषेधाज्ञामा खोल्न पाइने र नपाइने विषयमा छलफल जारी छ ।

वैठकमा सहभागी एक अधिकारीले भने,“विस्तृत कुरा सूचनामार्फत सार्वजनिक भैहाल्छ । तर निषेधाज्ञाको कडा कार्यान्वयन गर्ने गराउने कुरा भएको छ । अहिलेको महामारी विगतको भन्दा डरलाग्दो देखिएको छ । यसबारे आगामी दिनमा थप कडा निर्णय लिनुपर्ने हुनसक्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *