त्रिवि अन्तरगतको सबै परीक्षा स्थगित ( सुचना सहित )

समाचार

काठमाण्डौ : त्रिभुवन विश्वविद्यालयको आंगिक तथा सम्बंधन क्याम्पसहरुको बार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक तथा स्नाकोत्तर तहको संचालित भइरहेको तथा संचालनको तयारीमा रहेको सम्पूर्ण परिक्षा स्थगित भएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरको कारण देशका विभिन्न स्थानमा लक्डाउन तथा निषेधाज्ञाको कारण हाल संचालित तथा संचालनको तयारीमा रहेको परिक्षा स्थगित गरिएको त्रिविले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा संचालक समितिले आज बसेको बैठकले संचालित तथा संचालनको तयारीमा रहेको परिक्षा भोलिदेखि अर्को सुचना नआएसम्मको लागि स्थगित गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त तथा आंगिक क्याम्पसहरुले कोरोना संक्रमणको दोस्रो लहरको कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निशेधाज्ञाका कारण परीक्षा सञ्चालन गर्न नसकिने हुँदा स्थगित गरिएको परीक्ष नियन्त्रण कार्यालयले भर्खरै एक सूचना जारी गरी जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *