काठमाडौं उपत्यका कोरोना संक्रमण उच्च जो’खिममा, आज थप ८७२ जनालाई कोरोना पुष्टि !

कोरोना अपडेट(कोभिड -१९)

काठमाडौं उपत्यकामा ८ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६ सय ४४ जना ललितपुरमा १४१ जना र भक्तपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २ हजार ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर बिधिबाट २४८६ जना र एन्टिजेन विधिबाट १३३ जना गरि कुल २६१८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका मध्ये सबैभन्दा बढी काठमाडौंमा ६ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।

Ads by AdMana.net
यो आँकडाले राजधानी समेत रहेको काठमाडौं उपत्यका कोरोना संक्रमण उच्च जो’खिममा देखिएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६ सय १८ जना नयाँ संक्रमित थपिएसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको संख्या २ लाख ९७ हजार ८७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ६८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म नेपालका कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ९३.३ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा छ ।त्यस्तै चितवनमा विगत २४ घण्टामा थप ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

जनस्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार थपिएका ४६ संक्रमित मध्ये भरतपुर महानगरपालिकामा ३८, खैरहनी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा ४ र कालिका नगरपालिकामा १ जना रहेका छन् ।योसँगै कोरोना संक्रमितको संख्या चितवनमा सात हजार २७३ जना पुगेको छ ।

११५ जनाको निधन भइसकेको छ भने अस्पतालको आइसोलेसनमा २६ जना, घरमा आइसोलेसनमा २९७ जना रहेका छन् ।भरतपुरको अस्पतालहरुमा जम्मा आईसीयूमा १० जना भे’न्टिलेटरमा तीन जना कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको विभिन्न अस्पतालले जनाएका छन् ।

भरतपुर अस्पतालका कोरोना क्लि’निकल को’र्डिनेटर डाक्टर प्रमोद पौडेलले जनाए अनुसार भरतपुर अस्पतालको आ’ईसीयूमा १० जना, भे’न्टिलेटरमा २ जना र ए’चडीयूमा ६ जनाको उपचार भइरहेको छ । त्यस्तै चितवन मेडिकल कलेजका सञ्चार संयोजक डाक्टर किशोर अधिकारीले अस्पतालको भे’न्टिलेटरमा १ जना बिरामी रहेको जानकारी दिए ।

यस्तै पुरानो मेडिकल कलेजले दिएको जानकारी अनुसार त्यस अस्पतालमा वार्डमा २ जना कोरोना संक्रमित बि’रामीको उपचार भइरहेको छ । अस्पतालको आ’ईसीयू र भे’न्टिलेटरमा कुनै बि’रामी रहेका छैनन् । यसरी हेर्दा चितवनमा कोरोना संक्रमितको संख्या दि’नप्रतिदिन बढ्दै गएको देखिन्छ ।

त्यस्तै शुक्रवार तुलसीपुरका ४१ जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा शनिबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ३७ र नेश्नल ल्यावमा परिक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका कोभिड १९ फोकल पर्सन केसीले जानकारी दिनुभयो । शनिबार उपमहानगरपालिकाका कर्मचारी र सामुदायिक बिद्यालयका शिक्षकमा पनि कोरोना देखिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा २ सय २७ संक्रमित थपिएका छन् । यो संख्या प्रदेशका अन्य जिल्लाहरुको तुलनामा सवैभन्दा बढी हो । रुपन्देहीमा देखिएका संक्रमितहरु मध्ये १ सय २८ पुरुष र ९९ महिला छन् । बुटवल उपमहानगरपाकिलामा मात्रै १ सय १५ जना छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकाअनुसार सिद्धार्थनगर नगरपालिकाका २४ पुरुष र १६ महिला गरि ४० जना‚ तिलोत्तमा नगरपालिकाका २४ पुरुष र १९ महिला गरि ४३ जना‚ सैनामैना नगरपालिकाका ७ महिला र ३ पुरुष गरि १० जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै देबदह नगरपालिकामा २ पुरुष र १ महिला गरि ३‚ कञ्चन गाउँपालिकामा ३ पुरुष र १ महिला गरि ४‚ रोहिणी गाउँपालिकामा ४ पुरुष थपिएका छन् ।

यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिका‚ सियारी‚ गैडहवा र सुद्धोधन गाउँपालिकामा १–१ जना नयाँ संक्रमित थपिएका हुन । आज थपिएका २ सय २७ संगै जिल्लामा कुल सङ्क्रमितको संख्या १० हजार ४४ पुगेको छ भने ९ हजार ६८ जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *