अस्पतालमा अक्सिजन ट्याङ्कर लिक हुँदा २२ जना बिरामीको मृत्यु

Uncategorized समाचार

Share to10000

मुम्बई । भारतको महाराष्ट्र प्रान्तको एक अस्पतालमा अक्सिजन ट्याङ्कर लिक हुँदा २२ जना बिरामीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रको नासिकस्थित जाकिर हुसेन अस्पताल बाहिर अक्सिजन ट्याङ्कर लिक भएपछि भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु भएको हो ।

सो ट्याङ्करले भित्र रहेको भेन्टिलेटरमा अक्सिजन आपूर्ति गरिरेहेको बताइएको छ । ट्ङ्करको अक्सिजन नै लिक भएपछि अक्सिजन आपूर्ति प्रभावित बनेको थियो । सो अक्सिजन लिक भएको आधा घण्टामै भेन्टिलेटरमा राखेर उपचाररत २२ बिरामीको मृत्यु भएको हो ।

‘अहिले तत्कालिन जानकारीअनुसार जाकिर हुसेन नगर अस्पतालमा अक्सिन आपूर्ति प्रभावित हुँदा २२ जनाको ज्यान गएको छ’, जिल्ला कलेक्टर सुरज मन्धारेले भन्नुभयो । सो अस्पताल कोभिड विशेष अस्पतालका रूपमा रहेको छ । अस्पतालमा करिब १५० बिरामीलाई भेन्टिलेटर वा अक्सिजन दिएर उपचार गराइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *