हराएको ८ बर्ष पछि श्रीमान सम्पर्कमा दुई छोरीले प्रश्न गर्दा म र्न मनलाग्छ’ भन्थिन् सम्पर्कमा नरहनु भित्रि कारण एस्तो छ, छायो खुसियाली (भिडियो हेर्नुस्)

समाचार

कान्छी छोरी ७ महिनाकी हुँदा विदेश गएका श्रीमान अहिले छोरी ८ वर्षको हुँदा सम्म पनि फर्केर आएनन् भन्दै केही दिन अगाडि मिडियामा आएकि थिइन्। दुई छोरी लिएर माइतको सहारामा बस्नु पर्दा उनलाई निकै दुख लाग्छ भानेकि थिइन्। त्यो भन्दा पनि दुख सबैका बाबा हुन्छ हाम्रो किन बाबा छैन ममी भनेर छोरीहरुले भन्दा ।

उनले धेरै पटक आफुलाई संसारवाट विदा गर्ने विचार पनि गरिन् तर आफ्ना दुई छोरीको अनुहार हेरेर त्यसो गर्न पनि नसकेको वताएकी थिइन्। सुनसरी धरानकी सम्झना राई यतिबेला छोरीहरुका लािग भविष्यका लागि चिन्तित छन् । ठुलो छोरी नै ११ वर्षको भइसकिन् । एउछा छोरी ४ र अर्की छोरी एकमा पढ्छिन् ।

उनी चाहन्छिन् यदि श्रीमान आफुसंग खुसी छैनन् भने जो संग रहन चाहन्छन् उतै बसुन तर छोरीहरुको भविष्यका लागि भने साझेदारी गरुन् । उनीहरुलाई वुवा छंदा नै बुवा विहिन हुन नपरोस् । आफुले कसरी श्रीमानको खोजी गर्ने भन्ने थाहा नपाएका कारण उनले ७ वर्ष सम्म कतै खोज्न गइनन् । विवाह लगत्तै पनि उनका श्रीमानले त्यती वास्ता गर्थेनन् । विवाह पछि पनि उनी माइतमै बस्थिन् । नेपालमा छँदा विग्रिए, विदेश गएपछि जिम्मेवार बन्छन् होला भनेर उनले ऋण खोजेर श्रीमानलाई विदेश पठाइन् । तर उनी फर्केर आएका थिएनन्।

विदेश जाँदा लागेको ऋण पनि तिर्नु भएन, सुध्रनु हुन्छ होला भनेर पठाएको फर्केर आउनुभएन, उनले रुँदै भनिन्, विदेश गए पछि ९ महिना सम्म हाम्रो कुरा हुन्थ्यो तर त्यसपछि सम्पर्क विहिन भएको उनको भनाई थियो। श्रीमानको घर धनकुटाको पात्लेखोला हो, घर परिवारका सदस्यले पनि छोरा हाम्रो सम्पर्कमा छैनन् भन्ने गरेको उनको भनाई छ । श्रीमानलाई उनले मलेसिया पठाएकी थिइन्, उतै हराएपछि मलेसियामा रहेका अन्य नेपालीहरु मार्फत खोजी गर्दा पनि फेला पार्न नसकेको उनको भनाई थियो ।

धनकुटा सासु ससुराको घरमै बस्दा पनि छोरीहरु विरामी हुँदा पनि वास्ता नगर्ने, घरमै नबस्ने गर्ने गरेकाले आफु माइत आएर बस्न थालेको बताउँछिन् । उनीहरुले बाबा छन् भन्ने महशुष गर्न पाउन भनेर अहिले उनले श्रीमानलाई सम्पर्कमा आउन आग्रह गरेकी थिइन् । आय श्रीमान् सम्पर्कमा कारण एस्तो रहेछ। बाँकि भिडियोमा हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *