नेपलामा फेरी बिहिबारदेखि लकडाउन सुरु हुँदै, के गर्न पाइन्छ, के पाइदैन ?

लकडाउन खबर

नेपालगञ्ज । तिव्ररुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि नेपालमा पनि लकडाउन सुरु भएको छ ।भारतीय सिमानामा रहको बाँकेको नेपालगन्जमा कोरोना संक्रमितको संख्या ड’रला’ग्दो गरी बढ्दै गएपछि जिल्लामा लकडाउन गर्न सिफारिस गरेको हो ।

देशभर लकडाउन घोषणा नगरिए पनि नेपालगञ्ज शहर सहित बाँकेमा लकडाउन गरिने भएको छ ।जिल्ला कोभिड क्रा’इसिस म्यानेजमेन्ट सेन्टर [डिसिसिएमसी] बाँकेले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्न सिफारिस गरेको छ । मंगलबार भएको बैठकले बाँकेमा फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्तिमा एक साताको लकडाउन गर्नुपर्ने सिफारिस प्रमुख जिल्ला अधिकारी समक्ष गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारीले त्यसबारे थप निर्णय लिनेछन् ।सम्भवत बिहीबारदेखि बाँके वा नेपालगन्ज मात्रै भएपनि लकडाउनको तयारी अघि बढेको छ । अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेड समेत अभाव हुन थालेपछि लकडाउन बाध्यकारी भएको हो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले डिसिसिएमसीले लकडाउन सिफारिस गरेको र एक÷दुई दिनभित्रै बाँके वा नेपालगन्ज मात्रै भएपनि लकडाउनको निर्णय प्रमुख जिल्ला अधिकारीबाट हुने सम्भावना रहेको जानकारी दिएका छन् ।उता नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको छ ।

वडाध्यक्ष प्रमोद रिजालले परिस्थिति अनुकूल नभएसम्मका लागि वडा कार्यालय बन्द गरिएको बताए । ‘कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडाबाट प्रदान गर्दै आएको सेवा प्रवाह प्रभावित बनेको छ,’ उनले भने, ‘वडाका सवै कर्मचारीलाई कोरोना लाग्यो, कोरोना झन फैलिन सक्ने भन्दै परिस्थितिअनुकूल नभएसम्मका लागि वडा बन्द गरेका हौँ ।’

वडाध्यक्ष रिजालका अनुसार सोमबार आएको पीसीआर रिपोर्टमा तीन जना र आइतबार आएको रिपोर्टमा तीन जनामा कोरोना पुष्टि भएको हो ।कोरोना पुष्टि हुनेहरु कार्यालय प्रमुख, लेखापाल, प्राविधिक, अनमी, सहजकर्तालगायतका कर्मचारी छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको वडाध्यक्ष रिजालले सुनाए । यसअघि गत वर्ष फैलिएको कोरोना महा`मारीमा वडाध्यक्ष रिजाललाई पनि कोरोना संक्रमण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *