अरूको स्वास्थ्यको ख्याल गर्दागर्दै आफैं रहिनन नर्स अनिशा !

समाचार

नेपालगन्ज । पहिलो चरणको कोरोना महामारीका बेला उहाँ ग’र्भवती हुनुन्थ्यो । दाङको तुल्सीपुरस्थित लाइफकेयर हस्पिटलमा कार्यरत उहाँले संक्रमितलाई देखेकी मात्र नभई सेवा पनि गर्नुभयो । ग’र्भ आठ महिनाको भएपछि सुरक्षित प्र’सूतिका लागि जागिर छाड्नुभयो ।

स्वस्थ छोरीलाई जन्म दिनुभएकी २० वर्षीया अनिशा वली आफैं नर्स भएकाले कोरोना संक्रमणप्रति सतर्क हुनुन्थ्यो । सु’त्केरी अवस्थामा दाङ तुल्सीपुर–११ स्थित माइती जानुभयो । वहाँ वलीको सोमबार कोरोना संक्रमणका कारण नि’धन भएको छ ।‘तुल्सीपुरले घोराही पठायो ।

घोराहीको अस्पतालले पीसीआर पनि गरेन, भर्ना गर्न पनि मानेन,’ अनिशाका पति विनय कार्कीले भन्नुभयो, ‘समयमै उपचार भएको भए बाँ’च्ने थिइन्, अरूको सेवा गर्ने मान्छेले यसरी उपचार नै न’पाएर ज्यान गु’माउनुपर्यो ।’ विनय स’वारीचालक हुनुहुन्छ।

आफ्नो गाडी आफैं चलाउने भएकाले विनय र अनिशाबीच छोरी ६/७ महिनाको हुन्जेल माइतीमा बस्ने सल्लाह थियो । अ’चानक पत्नी गु’माउनुपर्दा विनय स्त’ब्ध हुनुहुन्छ । नेपालगन्जमा सोमबारै पत्नीको दा’हसं’स्कार सकेर उहाँ तीन महिनाकी छोरी स्या’हार्न दाङ फर्कनुभएको छ ।

उहाँ आफैं पनि संक्रमित हुनुहुन्छ । छोरीमा अहिलेसम्म संक्रमणको लक्षण नदेखिएको उहाँले बताउनुभयो । अनिशाले गत फागुनमा छोरीलाई जन्म दिनुभएको हो । माइतीमा बुबालाई कोरोना संक्रमण पुष्टि भयो । केही दिनपछि उहाँकी आमालाई पनि संक्रमण देखियो ।

आमालाई नेपालगन्जमा ल्याइयो । बिस्तारै अनिशालाई पनि रु’घाखोकीले च्या’प्दै गयो । आमाबुबाको स्वास्थ्यको चि’न्ता गरिरहनु भएकी उहाँले आफूलाई भएको बि’सन्चोबारे भेउ नै पाउनुभएन । गत चैत २८ मा रु’घाखोकीले नि’कै च्या’प्दै गएपछि उहाँ एक निजी क्लि’निकमा चे’कअपका लागि पुग्नुभएको थियो ।

डाक्टरले पीसीआर गर्न सुझाए । आमाको स्वास्थ्य अवस्थाप्रति चि’न्तित उहाँले आफ्ना लागि ह’तार गर्नुभएन । ‘सामान्य रु’घाखोकी हो भन्दै औ’षधि खाइछन्, चैत ३१ गते दाइको फोन आएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि–आ’इसोलेसनमा ल्याएर राख्यौं,’ आफन्त दोर्ण वलीले भन्नुभयो, ‘ढिलो पुगेकाले त्यो दिन पीसीआर गर्न पाइएन ।

फेरि राप्ती ला’इफकेयर हस्पिटलमा लगेर अक्सिजन दिएर राख्यौं ।’ गत बुधबार नेपालगन्जको मेडिकल कलेजमा पीसीआर गर्दा कोरोना देखिएपछि भने उहाँको उपचार भेरी अस्पताल नेपालगन्जमा सुरु गरिएको थियो ।‘अवस्था क्रि’टिकल नै थियो ।भेन्टिलेटर मा उपचार गराइरहेका थियौं,’ भेरी अस्पतालका मेसु डा.प्रकाश थापाले भन्नुभयो, ‘६ दिनदेखि उपचारमा हुनुहुन्थ्यो तर ब’चाउन सकिएन ।’

राप्ती लाइफ के’यर नर्सिङ क्याम्पसमा नर्सिङ पढ्नुभएकी अनिशाले पढाइ सकेलगत्तै जागिर खानुभएको थियो । छोरीको वि’योगबीच पत्नीको भेन्टिलेटरमा उपचार गराइरहेका अनिशाका पिता सन्तोष वली पी’डामै छ’टपटाइरहनु भएको छ । ‘छोरो लमहीको बे’लझुन्डी अस्पतालमा उपचाररत छ । छोरीलाई कोरोनाले लग्यो,’ उहाँले भन्नुभयो, ‘दै’वले पनि एउटै मान्छेलाई कति चु’ट्न सकेको ?’कान्तिपुरमा रुपा गहतराजले लेख्नुभएको समाचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *