कुकुरलाई मास्क लगाउँदै यी व्यक्तिले भने :म मरुँला तर यसलाई मर्न दिन्न ! भिडियो बन्यो भाइरल हेर्नुस्

रोचक खबर

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न हरेक व्यक्तिले मास्क लगाउनुपर्ने मापदण्ड विश्वभर नै लागू छ । यस्तो बेला भारतबाट एउटा अनौठो भिडियो सार्वजनिक भएको छ, जसमा एक जना व्यक्तिले आफूले मास्क नलगाई कोरोनाबाट बचाउन कुकुरलाई मास्क लगाइदिएका छन् ।

इन्स्ट्राग्राममा भाइरल भइरहेको भिडियोमा देखिएका व्यक्ति हिन्दी भाषामा बोलिरहेका छन् । उनले आफ्नो काँधमा मास्क लगाएको कुकुरलाई बोकेका छन् भने आफूले मास्क लगाएका छैनन् ।

भिडियोमा उनले आफ्नो नाम मोहनलाल देवांगन बताएका छन् । आफूले मास्क नलगाई कुकुरलाई लगाइएकोबारे प्रश्न गर्दा उनले भने, ‘म मरुँला तर यसलाई मर्न दिन्न । बच्चा हो मेरो । बाल्यकालबाट पालेको हुँ ।’ भिडियो हेर्न यहाँ थिच्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *