नेपालको शानदार जित, कुशल र आशिफले गरे चौका छक्काको बर्षा

खेलकुद

काठमाडौंः नेपाल क्रिकेट टिमले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा शानदार विजयी सुरुवात गरेको छ।शनिबार भएको उद्घाटन खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै नेपालले सिरिजमा सुखद् सुरुवात गरेको हो।

त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !नेपालको जितमा डेब्यू खेलाडी कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले।

कुशलले ४६ बलमा पाँच चौका र पाँच छक्कासहित ६२ रन बनाए।त्यस्तै, अर्का ओपनर शेखले ३८ बलमा चार चौका चार छक्कासहित अविजित ५४ रनेका योगदान दिए।

कुशल र आसिफले टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी समेत गरेका छन्। यी दुईले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे। यसअघि १३औं सागमा पारस खड्का र ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध बनाएको १०८ रनको साझेदारीको कीर्तिमान तोडेका हुन्।

कप्तान ज्ञानेन्द्र मल्लले नटआउट १३ रन बनाए।बलिङमा जुलियनडे मेले एक विकेट लिए।त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो।

उसका लागि बास डि लीडेले ४९ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४१ रन बनाए।यस्तै, स्कट एडवर्ड्सले ३०, कप्तान पिटर सीलरले अविजित २२, एन्टोनियस स्टालले नटआउट २० र म्याक्स ओ’डाउडले १० रन बनाए। बलिङमा सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिएर २ विकेट लिएका हुन्।

यस्तै, सोमपाल कामी र शाहब आलमले शाहब आलमले एक–एक विकेट लिए।अब नेपालले दोस्रो खेलमा मलेसियासँग सोमबार खेल्नेछ। यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ।यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ। डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्। फाइनल खेल बैशाख ११ गते हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *