पानि तान्ने मोटर बनाउने महिला भन्छिन् ‘घर चलाउन श्रीमानको मुख ताक्न पर्दैन’

समाचार

सर्मिला रेग्मी पौडेल इलेक्ट्रिसियन हुन् । चितवनको भरपतुरमा उनको पौडेल इलेक्ट्रिक एण्ड सेनेटरी पसल छ ।उनको पसल १८ बर्ष पुरानो हो । उनी दिनभर पसलमै व्यस्त हुन्छिन् । उनले पानी तान्ने मोटर, पंखा, गिजर लगायतका बिद्युतीय समाग्री मर्मत गर्ने गरेकी छन् ।

उनका श्रीमानले पनि बिद्युतीय काम गर्ने भएकाले सर्मिलालाई बिग्रिएका मोटर, पंखामा हात बसाल्न सजिलो भयो । ‘श्रीमानले दिनभर बाहिरको काम हेर्नुहुन्छ’ बिग्रिएको मोटरको नट खोल्दै सर्मिलाले भनिन्, ‘म दिनभरी पसलमा आउने काम गर्छु ।

उनले श्रीमानले बनाएको हेरेरै बिग्रिएको समानलाइ दन्तुरुस्त बनाउन सिकिनन् । ‘मैले काम सुरु गर्दा जेठो छोरो नौ बर्षको थियो’ उनले भनिन् । पसल चलाएरै अहिले उनले भरतपुरमा घर बनाएकी छन् । छोराहरुलाई राम्रो शिक्षा दिएका छन् ।भिडियो:

थप समाचार -वैशाख सुरु भएकोसँगै कौसी खेती गर्नेहरूको लागि घरमै फलाउने विभिन्न जातका तरकारी लगाउने सिजन सुरु भएको छ। मनसुन सुरु हुन सामान्यतया डेढदेखि २ महिना बाँकी छ । कतिपय तरकारीको प्रकृति अनुसार मनसुन सुरु भएपछि तरकारी फस्टाउन नसक्ने भएकोले मनसुन सुरु हुनुभन्दा पहिले नै फलाउने तरकारीको समेत सिजन सुरु भएको कौसीखेतीका अभियान्ताहरू बताउँछन् ।

उनीहरूका अनुसार अहिले रोपेको तरकारीमध्ये केही असोज कात्तिकसम्म पनि फलिरहनेखालका हुन्छन् भने केही मनसुन अघिसम्मको लागि मात्रै फल दिने खालका हुन्छन् ।कौसी खेती अभियानका अभियान्ता एवं अभियान एग्रोका सञ्चालक सुभाष पण्डित अबको एकदेखि डेढ महिनासम्म घरमा नै तरकारी उत्पादन गरेर खान सकिने बताउँछन् ।

केही तरकारीहरु बर्खा लागेपछि राम्रो उत्पादन नहुने भएकोले बर्खाअघि नै उत्पादन गरेर खान सकिने उनी बताउँछन् ।पण्डितका अनुसार गोलभेँडा, साग, लसुन जस्ता तरकारीहरु रोप्ने सिजन सुरु भएको छ । चैत महिनामा बिउ रोपेर तयार पारेको बिरुवा अहिले सार्ने बेला भएको छ । अहिले सारेका यी तरकारीहरु जेठको सुरु वा मध्येसम्ममा तयार हुन्छन् ।

यसबाहेक पनि लौका, घिरौंला, करेला भेँडेखुर्सानी आदि वैशाखको पहिलो सातामा लगाउन सकिन्छ ।अर्काेतर्फ एक सिजनको लागि मात्रै हो भने रायो चम्सुर जस्ता सागहरु पनि लगाउन सकिन्छ । यी सागहरु बर्खा सुरु भएपछि बढ्दैनन् । यद्यपि कौसीमै पनि टनेलको प्रयोग गरिएको छ भने चाहिँ बर्खा लागेपछि पनि यसलाई उत्पादन गर्न सकिने पण्डित बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *