आमा बन्दै नायिका गरिमा पन्त

समाचार

केहि दिन अगाडी नायिका प्रियंका कार्कीले आफु गर्भवति भएको दर्शाउने केहि तस्वीरहरु सार्वजनिक गरेकी थिईन् । हालै भने बेल्जियम बस्दै आएकी नायिका गरिमा पन्तले पनि सोहि प्रकृतिका दुई फोटो सार्वजनिक गरेकी छन् ।

वि.सं. २०७७ को अन्तिम दिन पन्तले आफ्नि इन्स्टाग्राम एकाउन्टमा गर्भवति भएका फोटोहरु शेयर गरेकी छन् । पतिसहित फोटो शेयर गरेकी उनले ‘शृस्टिबाट शृस्टिकर्ता, जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश’ भनेर क्याप्शन लेखेकी छन् ।


उनले वि.सं. २०७३ को बैशाखमा मा बेल्जियम बस्ने ब्यवसायी हरि शर्मासँग विवाह गरेको जानकारी दिएकी थिईन् । गरिमाले बैवाहिक जानकारी दिनु अगाडी नै आफुले बेल्जियममा व्यापार शुरु गरेको बताएकी थिईन् ।

केहि वर्ष अगाडि सांगीतिक कार्यक्रमका लागि यूरोप पुगेको समयमा गरिमा र हरिको भेट भएको बताईन्छ । गरिमासँग दोश्रो बिवाह गरेका हरि नेपाली ब्यवसायी संघ बेल्जियमका पूर्व अध्यक्ष समेत हुन् ।

गरिमाले वि.सं. २०७० मा रिलीज भएको फिल्म ‘झोला’बाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *