बेनीमा पनि दिउसै अन्धकार, विद्यार्थी अत्तालिए

समाचार

म्याग्दीमा अधिक बायु प्रदुषणका कारण दिउँसै अध्याँरो भएको छ । वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै ढाक्नेगरि लागेको तुवाँलोले बिहिबार दिउँसो नै अध्याँरो भएको हो । एक्कासी अध्याँरो भएपछि विद्यालयबाट घर फर्किदै गरेका विद्यार्थी अत्तालिएका थिए ।

तुवालोले जिल्लाभरको जनजिवन अस्तब्यस्त भएको छ ।जिल्लाभित्र अधिकांस बनजंगलमा डढेलो लागेकाले धुँवाले प्रदुषण बढाएको र त्यो धुँवा धुलोले सर्वसाधरणलाई आँखा पोल्ने समस्याका साथै बिहिबार हालसम्मकै उच्च प्रदुषण रहेको बताएको छ। हावा पनि एकदमै सुख्खा हुने र धुलो धुँवा उडाएर लैजादा हावामा धुलो धुँवाले वातावरणमा ठूलो असर गरेको विज्ञहरुको भनाई छ ।

प्रर्दुषणसँगै हल्ला बर्षा र चट्याङ समेत परेको छ। त्यस्तै वायु प्रदूषणको कारण चैतको पहिलो सातादेखि नै नेपालभर तुवालो लागेको छ। तुवालोको कारण भिजिविलीटी कम हुँदा नियमित उडान हुनु पर्ने जहाज पनि उडेका छैनन्। यसै क्रममा बिहीबार पोखरा दिउँसै अध्यारो भएको छ। पाँच नबज्दै पोखरा अध्यारो भएको हो।

बिहीवार पोखराबाट उडान हुने र अवतरण हुने कुनै पनि जहाज भिजिविलीटक कम हुँदा उडेनन्। सामान्य अवस्थामा नियमित पोखराबाट २५ उडान हुन्थ्यो। बिहीबार भिजिविलीटी कम हुँदा कुनै पनि उडान नभएको पोखरा विमानस्थलका सूचना अधिकारी देवेन्द्र सुवेलीले बताए।

जहाज उडान हुन भिजिविलीटी ५ हजार हुनु पर्छ। पोखरामा बिहीबार ३ हजार भिजिविलिटी सम्म भयो। त्यसपछि १५ सयमा पुगेर रोकिएको सुवेदीले बताए। पोखरा विश्वविद्यालयको वायु गुणस्तर सूचांकांकमा वायु गुणस्तर वैशाख १ गते २४ घण्टामा १८०, गण्डकी बोडिङ पोखराको वायु गुणस्तर सुचाकांकमा वायु गुणस्तर १८२ देखिएको छ।

सबै सहरका वायु गुणस्तर स्वास्थ्यका लागि हानिकारक अवस्थाको छ। २०७८ को वैशाख २ गते पनि वायुको गुणस्तर उस्तै अवस्थामा रहेको नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको वातावरण विभागको अनलाइन एयर क्यालिटी मनिटरिङको रिपोटमा देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *