सेलिब्रिटीको हर्कत : बच्चालाई दूध पिलाउँदै रेडवाइनमा मस्त भएपछी…

समाचार

वासिङ्टन : अमेरिकी टेलिभिजन रियालिटी शो होस्टर, रेस्लर तथा डान्सर निकोल पोलिज्जी तीन सन्तानकी आमा पनि हुन् । अचेल उनी आफ्नो ८ हप्ताको छोरालाई हुर्काउँदै छिन् । उही ८ हप्ताको शिशुलाई काखमा च्यापेर खिचेको उनको तस्बिर भाइरल भएको छ ।

तस्बिरमा छोरालाई च्यापेकी मात्रै छैनन्, काखको छोरालाई दुध पिलाउँदैछिन् । आफू भने ‘रेड वाइन’ पिउँदै छिन् । तै पनि आफू असल आमा भएको भन्दै उनले इन्स्टाग्राममा लेखेकी लेखेकी छन् । उनको यो फोटोमाथि अनेक टिप्पणी पनि भएको छ । उनका प्रशंसकले समेत आलोचना गरेका छन् ।

३१ वर्षीया यी सेलिब्रिटी ‘स्नुकी’ नामले पनि चिनिन्छिन् । स्नुकीले पोस्ट गरेको फोटोमा केहीले त उनलाई यस्तै गलत काम गरेको सुहाउने भन्दै रोष प्रकट गरेका छन् । उनले हिजो इष्टामा राखेको उक्त तस्विरमा अहिलेसम्म ५ लाख ८६ हजार भन्दा बढी लाईक आइसकेको छ । प्रतिक्रिया दिनेमध्ये धेरैजसोले गलत काम भएको बताएका छन् ।

यो पनि , डाँडाको बरपिपल’मा सलोन र रुविनाको जोडी

काठमाडौँ । फिल्म ‘डाँडाको बरपिपल’ निर्माण हुने भएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्न लागेका हुन् । फिल्ममा सलोन बस्नेत र रुविना थापाको मुख्य भुमिका रहने फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यसराजलगायतको अभिनय समेत रहनेछ ।

पारिवारिक कथामा बन्ने लागेको फिल्मको २२ बैशाखबाट छायाँकन सुरु हुनेछ । सुशान्त प्रजापतिको छायाँकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत रहने फिल्मका रामजी राउतको मुख्य सहायक निर्देशन हुन् ।

७५ दिनको छायाँकन तालिका बनाइएको फिल्म काठमाडौं, कालाबाङ, से फोक्सुण्डो तालमा छायाँकन हुने निर्देशक शोभितले बताए । Source:etajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *