विद्यालय, सिनेमा हल र पार्टी प्यालेसहरु ब’न्द हुनसक्ने !

समाचार

काठमाडाैं । स्वास्थ्य मन्त्रालयले काेराेना भाइरसको नयाँ लहर फैलिएको भन्दै शिक्षण संस्थाहरुको प्रत्यक्ष पठनपाठन ब’न्द गर्न सिफारिस गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेत्र त्रिपाठीले कोभिड–१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सिफारिसमाथि छलफल हुने बताए ।

मन्त्री त्रिपाठीले भने, ‘नयाँ खाले युके भेरियन्टको असर युवाहरुमा देखियो । हामीले पठनपाठन भर्चुअल माध्यमबाट गरौं भनेर विद्यालयहरु ब’न्द गर्न सिफारिस गरेका छौं । वालवालिकाहरुलाई कुनै जो’खिम नहोस भन्नेमा सरकार ग’म्भीर छ ।’मन्त्री त्रिपाठीले स्वास्थ्य मा’पदण्डमा सबै सचेत नहुने हो भने अवस्था फेरि भ’यावह हुने बताएका छन् ।

विद्यालयमात्र होइन सिनेमा हल र पार्टी प्यालेसहरु पनि ब’न्द गर्न सिफारिस गरिएको छ ।को’भिडको जो’खिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई प्राथमिकता दिन थालेका छन् । काठमाडौं विश्वविद्यालका स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङले अनलाइन कक्षा सञ्चालन गर्न आह्वान गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयले समेत अवस्था विश्लेषण गरेर अनलाइन वा फेस टु फेस कक्षा सञ्चालनको निर्णय गर्न आग्रह गरेको छ । केयूको स्कुल अफ साइन्सका डिन प्रा।डा। कन्हैया झा र स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेलले विश्वव्यापी रूपमा पुनः फैलिएको कोरोना महामारीका कारण विश्वविद्यालयमा उपस्थित भई भौतिक रूपमा नियमित पठनपाठन गर्न क’ठिनाइ भएकाले बिहीबारदेखि अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेका छन् ।

काठमाडौं विश्वविद्यालयका डिन कार्यालयहरूले अनलाइन कक्षा सञ्चालन हुने अवधिमा स्कुल तथा विभागीय प्रशासनहरू सुचारु हुने र अनुसन्धान तथा प्रोजेक्टका कार्यहरू सम्बन्धित प्रमुखहरूको निर्णयबमोजिम गर्न आग्रह गरेको छ । त्रिभुवन विश्वविद्यालयले कोभिडको जो’खिम नभएको ठाउँमा भौतिक रूपमा उपस्थित भएर र असहज अवस्था भएका ठाउँका क्याम्पसमा अनलाइनबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले भने, ‘को’भिडको जो’खिम बढेपछि कलेजहरूले सोधेका छन्, हामीले आफैँले निर्णय गर्न भनेका छौँ । सम्भव हुने ठाउँमा फेस टु फेस र असहज भएका ठाउँमा अनलाइनबाट कक्षा सञ्चालन गर्न भनेका छौँ ।’कोभिडको संक्रमण देखिएका त्रिविका केही कलेजमा अनलाइन कक्षा सञ्चालन भएका छन् ।

केही समय त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीमा ८० जनाको हाराहारीमा को’भिड संक्रमण भेटिएको थियो । पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा फैलिएको संक्रमणले सरोकारवाला सबैलाई झ’स्काएको छ ।

पश्चिमाञ्चल क्याम्पसमा कसरी को’भिड– १९ संक्रमण फैलियो भन्ने यकिन नभएको सहायक क्याम्पस प्रमुख गोपालप्रसाद घिमिरेले बताएका थिए । हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजका चारजना शिक्षक, दुई कर्मचारी र दुई विद्यार्थीमा को’भिड– १९ को संक्रमण देखिएपछि केही दिनअघि एक हप्ताका लागि शैक्षिक संस्था ब’न्द गरेको थियो ।

अहिले कलेज प्रशासनले अनलाइन र भौतिक दुवै पद्धतिमा विद्यालय सञ्चालन गरेको छ ।गत वर्ष ६ चैतदेखि को’भिडका कारण ब’न्द रहेका विद्यालय कतिपय मंसिरदेखि खुले पनि काठमाडौं उपत्यकालगायतका सहरका विद्यालयले माघ–फागुनबाट मात्रै भौतिक रूपमा पठनपाठन सुरु गरेका थिए ।विद्यालय, सिनेमा हल र पार्टी प्यालेसहरु पनि ब’न्द गरिने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *