सवारी साधन र उद्योग बन्द गरिने

समाचार

काठमाडौं- केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि सोमबारदेखि बढेको हो । उनले भने, “अझ बढ्दै गएमा सवारी साधन र उद्योगधन्दा बन्द गरेर भए पनि कम गर्नुपर्ने अवस्था आउन सक्छ ।”

देशव्यापी रूपमा वन डढेलोको लहर बढेकाले नेपालको वायु प्रदूषण दोहोरिएको उनी बताउँछन् ।जबसम्म वन डढेलो नियन्त्रण हुँदैन तबसम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको उहाँले सुनाउनुभयो । वायुमण्डलमा प्रदूषण बढेको वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा थपिँदै गएको छ ।

विभिन्न प्रकारको रसायन तथा ग्यासको मात्रासमेत बढ्दा वायुमण्डल धुमिल बन्ने जोशीले जानकारी दिनुभयो तर त्यस्ता प्रदूषित वायु बनाउने ग्यासको मापन गर्ने प्रणाली नेपालमा उपलब्ध छैन । बढ्दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकाङ्कमा नेपालको काठमाडौँ सहर पहिलो नम्बरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *