दीपाश्रीको फेसबुक ह्याक गर्ने १४ वर्षे बालक पक्राउ, म्यासेन्जर बाट यस्तो नराम्रो कुरा अरुलाई म्यासेज गरिदिएछन्

समाचार

काठमाडौं – अभिनेत्री दीपाश्री निरौलाको फेसबुक ह्याक गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय बालक रहेका छन् ।

फेसबुक ह्याक गरी रकम माग गरेको अभियोगमा बालकलाई प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरेको हो।

Ads by AdMana.net
गएको हप्ता दीपकराज गिरीले दीपाश्रीसहित कलाकार सरोज खनालको फेसबुक ह्याक भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए । उनले ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको पनि बताएका थिए ।

आफ्नो फेसबुक ह्याक गर्ने पक्राउ परेपछि दीपाश्रीले सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छिन् । उनले आफुले फेसबुक पाएको बताउँदै पठाईएका गलत म्यासेजहरूले कसैलाई केहि अफ्ठ्यारो पर्न गएको भएमा माफ़ी मागेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *