बाटोमा हिँड्दा सिक्का पैसा भेटियो ? सानो भनेर नछोडनुहोस्, हुनसक्छ यी कुराको संकेत

विचार

काठमाडौँ । के तपाईले बाटोमा हिड्दै गर्दा कहिल्यै पैसा भेटाउनुभएको छ ? यदि भेटाउनुभएको भए टिप्नु पनि भएको होला ?

यसरी बाटोमा पैसा भेटिनुलाई कहिले अशुभ मानिन्छ त कहिले शुभ मानिन्छ। त्यसकारण भेटेको पैसालाई कतिपयले छिट्टै खर्च गर्छन्। कतिले यस्तो पैसालाई धर्म कर्मको काममा लगाउने गर्छन्।

हिन्दु धर्म अनुसार पैसाको नोट भेट्नु र सिक्का भेट्नुमा फरक रहेको छ। जमिनमा फेला पारेको सिक्का पैसा आध्यात्मिकसँग सम्बन्धित रहेको छ।

प्रतिकात्मक रुपमा धन भनेको अर्थ शक्ति, सत्ता र मूल्यसँग हुन्छ। एकअर्कासँग सम्बन्धीत रहेको हुन्छ। जो व्यक्तिले पैसा भेटेर हातमा लिन्छ त्यो व्यक्तिको उर्जा अर्को व्यक्तिमा जान्छ। हरेक व्यक्तिको उर्जा सिक्कामा पुग्ने गर्छ।

चीनमा सिक्कालाई किनमेलको रुपमा मात्र नभएर गुडलकको रुपमा हेरिएको हुन्छ। तर नेपाल र भारतमा धनलाई लक्ष्मको रुपमा लिने गरिन्छ।

यो अर्थमा पैसालाई अप्रत्यासित मानिएको पाइन्छ। सिक्का पैसासँग परलैकिक शक्ति पनि सम्बन्धमा रहेको हुन्छ। सिक्का पैसाले आत्माविश्वास गुमाउनुको साथै त्यसलाई जीवित राख्ने कोसिस प्रदान गर्छ।

अर्को संकेत हो सिक्का पैसाको माध्यमबाट आफ्नो पुर्खाहरुले आर्शिवाद पुर्याउन खोजिरहेका हुन्छन्। बाटोमा भेटिएको नोट या सिक्का दुई कुरामा आधारित रहेको हुन्छ।

पहिलो कुरा हो तपाईको दिमागमा के चलिरहेको थियो भन्ने हो भने दोस्रो कुरा तपाईले पैसा भेट्नुभयो की नोट ? यदि सिक्का भेटिएको छ भने नयाँ कामको सुरुवात भएको हुन्छ।

यदि नयाँ योजनालाई साकार पार्नु छ भने सही समय आउनु पर्छ। यो सफल प्रगति तथा उपलब्धीको निशानी हो।

यदि आकाशिय शक्ति आइरहेको छ भने त्यो समयमा मस्तिष्कमा विचार आइरहेको हुन्छ। त्यसलाई सफलता तिर लैजाने कोसिस गर्नुपर्छ। यदि तपाईले नोट पैसा भेट्टाउनु भएको छ भने आफ्नो परिस्थितीलाई गम्भिर रुपमा हेर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *