३ दिनदेखि हराएका विर्तामोडका होटल व्यवसायी, जंगलमा मृ`त फेला (भिडियो)

समाचार

काठमाडौ । विर्तामोडमा तीन दिनदेखि हराएका एक होटल ब्यवसायी मृ त फेला परेका छन् । झापा विर्तामोडमा उनको खोजी जारी थियो । तर उनको शव भेटिएको हो । गत शुक्रबारदेखि हराइरहेका बिर्तामोड स्थित गाउँले होटलका संचालकसमेत रहेका तिलक निरौंला फेला परेका हुन् । उनको शव चारआली जंगलमा आइतवार बिहान फेला परेको हो । उनी हराएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको सहयोगमा खोजी गर्दा आइतवार विहान करिब १० बजे शव फेला परेको छ ।

उनको शव भेटिएको स्थान नजिकै उनले चलाउने गरेको मे ९ प २२०९ नम्बरको साइन मोटरसाइकल समेत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापा थप अनुसन्धानको लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको टोली मगाइएको बताए । घटना कसरी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनी तीन दिन अघि मोटरसाइकल लिएर घरवाट हिँडेका थिए ।

यो अर्को घट`ना, बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी
बिलभन्दा कम सामान दिएर उपभोक्तालाई ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजूरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाइएको हो । ठगी गर्नेमा राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहेको छ । उक्त हार्डवेयरले गोरखकाली सोलार एण्ड मेटल वर्कसपलाई बिलभन्दा कम सामान दिएर ठगी गरेको पाइएको हो ।

नापतौल कार्यालयका प्रमुख एवं वरिष्ठ निरीक्षक मनिसकुमार दासले फलामे एङ्गल, स्टिल रङ, पाता, एसएस पाइपलगायतमा धेरै परिणामको बिल बनाइ कम सामान उपभोक्तालाई दिएको भन्दै उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको जानकारी दिनुभयो ।

गोरखकाली सोलार एण्ड मेटल वर्कसपको नाममा जारी गरिएको बिलमा १८८।१ किलोग्राम फलामे एङ्गलमा १४।३ किलोग्राम, ३१८।४ किलोग्राम एसएस रडमा २८।८ किलोग्राम, २०१।१ किलोग्राम प्mल्याटमा १०।६ किलोग्रामसम्म कमी रहेको कार्यालय प्रमुख दासले बताउनुभयो । नापतौल कार्यालयले राजेश हार्डवेयर बालाजु कार्यालयको सटरसमेत शिलबन्दी गरेको छ । सो हार्डवेयरले विभिन्न कम्पनीका रङ, स्टिललगायतका सामग्री बिक्रीवितरण गर्दै आएको थियो । Source:etajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *