फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य !

समाचार

काठमाडाैं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यासर र हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।

मूल्य बढाउँदा पनि पेट्रोल, डिजेल र मट्टितेलमा घाटा नै रहेको निगमले जनाएको छ ।


थप समाचार : नेपाल मै भेटिए चाइनिज बास्केटबल प्लेयर याओ मिङसंग अनुहार मिल्ने नेपाली शेरे, सेरे जस्तै हसाएरै भुतुक्कै…भिडियो

काठमाडौं- सामाजिक संजालमा देखीने एउटा पात्र अर्थात (ब्ल्याक एण्ड ह्वाईट स्केच) निकै चर्चित छन् ति हुन् शेरे जसलाई नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले शेरे नाम दिएर ट्रोल बनाउने तथा हास्यब्यंगमा खुवै प्रयोग गर्ने गरेको पाईन्छ ।

वास्तवमा को हुन् शेरे या यो कसको चीत्र हो यो धेरैलाई थाहा नहुन सक्छ,यो तस्वीर चर्चीत चीनीया बास्केटबल खेलाडी याओ मिङको हो ।सन् २००२ देखी १८ बर्षको उमेर देखी बास्केटबल खेल्न शुरु गरेका मिङ सन् २००९ मे मा एक प्रतियोगितामा खेल समपन्न भएपछि यस्तो मुख बनाई हाँसेका थिए जसलाई तत्कालै एक चित्रकारले सेतो स्केच बनाई ब्यङग्यको रुपमा प्रयोग गर्ने निर्णय गरि सामाजिक संजालमा पोस्ट गरेका थिए ।

त्यसपछि यो स्केच सर्वत्र फेसबुकमा भाईरल बन्यो ।चाइनिज बास्केटबल प्लेयर याव मिंग एउटा खेलका क्रममा हासेको तस्बिरले दुनियाभरको मिम्स, जोक्स र ट्रल्सहरुमा छयाप छयाप्ती भएर उनको त्यो हासोको तस्बिरलाई नेपालमा सेरे भनेर चिनिन पनि थाल्यो, नेपाली सेरे भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *