पत्नि किरणलाई ब्लड क्यान्सर भएपछि भावुक बने अनुपम, लेखे यस्तो दृदयविदारक स्टाटस

विचार

एजेन्सी । बलिउडमा एक पछि अर्को खराब खवर सार्वजनिक भइरहेका छन् । बलिउडकी सफल कलाकार तथा चन्डीगढबाट भारतीय जनता पार्टीकी सांसद बनेकी किरण खेर लाई गम्भिर रोग लागेको बताइएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार उनलाई मायलोमा नामक रोग लागेको छ । यो एक प्रकारको ब्ल ड क्या न्स र हो । उनको यतिबेला मुम्बइमा उपचार भैरहेको र उनी निको हुँदै गएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भारतीय जनता पार्टीकी सांसद तथा बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर क्यान्सर भएको छ । भारतिय मिडियाका अनुसार खेरलाई मल्टिपल साइलोमा भएको खुलासा भएको छ । उनको अहिले उपचार भइरहेको समाचारमा जनाइएको छ ।

रण २०२० देखि नै यो समस्याको उपचार गराइरहेकी छिन् । किरण खेर बलिउड अभिनेता अनुपम खेरकी पत्नी हुन् ।पत्नीलाई क्यान्सर भएको बारे अनुपमले पनि जानकारी गराएका छन् ।

उनले भने – ‘अफवाहबाट दर्शकहरुलाई तनाव नहोस् भन्दै म र सिकन्दर सबैलाई भन्न चाहान्छु की किरणलाई मल्टीपल माइलोमा भएको हो । जुन एक प्रकारको ब्लड क्यान्सर हो । र उनी अहिले अस्पतालमा उपचार गरिरहेकी छिन् । हामिलाई आशा छ की अहिले भन्दा उनी बढी बलियो भएर घर फर्किनेछिन् ।’

नोभेम्बर ११ मा चण्डीगढको घरमा हुँदा फ्र्याक्चर भएको थियो ।चण्डीगढको पोस्ट ग्रयाजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च मा उपचारको क्रममा यहाँमा मल्टिपल साइलोमाको सुरुवाती लक्षण देखा परेको र पछि यो समस्या बायाँ हातबाट दायाँ काँधसम्म फैलिएको थियो । ४ डिसेम्बरमा एयरलिफ्ट गरेर उपचारका लागी मुम्बइ लगिएको हो ।

 

View this post on Instagram

 

A post shared by Anupam Kher (@anupampkher)

Leave a Reply

Your email address will not be published. Required fields are marked *