अस्पताल जलि`रह्यो डाक्टरहरुले बिरामीको मुटुको अपरेशन गरी रहे..

समाचार

मस्को: रुसको एक अस्पतालमा आगो ला`गिरहेकै बेला चिकित्सकहरुको टोलीले एक बिरामीको मुटुको सफल शल्याक्रिया गरे । अस्पतालको छतमा जब आगो लागिरहेको थियो ठीक त्यसै बेला चिकित्सकहरुले भने आफूहरुले गरिरहेको अपरेशन सम्पन्न गरेरै छाडे ।

आगो लागिरहेका बेला १२० जना भन्दा धेरै मानिसलाई अस्पतालबाट सुरक्षित रुपमा बाहिर निकालिएको थियो । साथै अपरेशन चलिरहँदा अग्नी नियन्त्रकहरुले आगो निभाइरहेका थिए । तर आगलागीका कारण कोही पनि घाइते नभएको बताइएको छ ।

रुसको पूर्वी क्षेत्रस्थित ब्लागोभेसचेन्स्कमा सारिस्ट एरा अस्पतालमा यस्तो घटना भएको हो । आगो लागिरहँदा ती बिरामीको अपरेशनमा ८ जना चिकित्सक र नर्स खटेका थिए । आगो लाग्नुभन्दा केही समयअघि मात्रै सुरु गरिएको शल्याक्रिया २ घण्टासम्म चलेको बताइएको छ । रुसी सरकारका अनुसार उक्त अस्पताल १९०७ मा बनेको थियो । अस्पतालमा काठ समेत जडान गरिएको थियो ।

यो पानि, ब्राजिलमा एकैदिन ३८ सयभन्दा बढीको मृ`त्यु
एजेन्सी । कोरोना भाइरसका कारण ब्राजि`लमा एकै दिन तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार अबेर दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा तीन हजार ८६९ जनाको मृत्यु भएको हो ।

योसँगै ब्राजिलमा कोरोनाका कारण मृ`त्यु भएकाहरूको कूल सङ्ख्या तीन लाख २१ हजार ५१५ पुगेको स्वास्थ्य मन्त्रा`लयको तथ्याङ्क छ । धेरै सङ्क्रमित रहेको देशहरूको सूचीमा दोस्रो क्रममा रहेको ब्राजिलमा अहि लेसम्म एक करोड २७ लाख ४८ हजार ७४७ जना सङ्क्र`मित भएका छन् । तीमध्ये ९० हजार ६३८ जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *