लोकल र’क्सीको ‘ब्राण्डिङ’ गर्दै प्रदेश १ सरकार

समाचार

विराटनगर : प्रदेश १ मा नेपाली कोदोको र’क्सीलाई ‘ब्राण्डिङ’ गरी बिक्री वितरण गर्न का’नुनी र व्यवहारिक पक्षको अध्यायन गरिने भएको छ । स्थानीय स्थरमा उत्पादिन कोदोबाट गाउँ गाउँमा बनाइने म’दि’रा (लोकल र’क्सी) लाई व्यव सायिक रुपमा बिक्री खुला गर्ने विषयमा प्रदेश सरकारले चासो दिएको हो।

‘गाउँमा स्थानीय स्रोत साधनको प्रयोग गर्दै कोदोबाट र’क्सी बनाएर खाने र बिक्री हुने गरेको नयाँ होइन्,’ सामाजिक विकासमन्त्री उषाकला राईले भनिन्, ‘यो बिक्री गर्न कानुनले बन्देज लगाएकाले यसको समाधान खोज्न हामी लागेका छौँ।’ उनले ‘ब्याण्ड भर्सेज ब्राण्ड’ को अवधारण प्रदेश सरकारले ल्याएको समेत जानकारी दिइन्।

मन्त्री राईले विदेशबाट ठूलो परिणाममा म’दि’रा आयात गरी नेपाली पैसा विदेश पुगेको समयमा यो क्रमलाई रोक्न पनि नेपालमानै उत्पादन हुने लोकल म’दि’रालाई ब्राण्डिङ’ गर्न आवश्यक रहेको बताइन् । ‘हामी एक बोतलकै हजारौँ रुपैयाँ पर्ने विदेशी म’दिरालाई ‘चि’यर्स’ गरेर रमाउँछौँ, यसले नेपाललाई फाइदा पुर्‍याउँदैन,’ उनले भनिन् ‘अब हाम्रो लक्ष भनेको लोकल र’क्सीलाई ब्राण्डिङ गरेर स्थानीय नागरिकको पनि आर्थिक अवस्थाको सुधार गर्ने हो।’

प्रदेश १ का सबै जिल्लामा लोकल र’क्सी स्थानीय आदि वासि ज’नजाती समुदायले उत्पादन गर्ने गरेको बताउँदै मन्त्री राईले भनिन्, ‘गाउँमा उत्पादन गरेको र’क्सी सानु मात्रामा बेच्दा समेत हामी प्रहरीलाई ड्र’म र बो’तलमा लात्ती हान्न पठाउँ छौँ, यसो गर्दा समृद्धि सम्भव छैन, अब लोकल उत्पादनलाई ब्राण्ड बनाउन प्रदेश १ ले सुरु गर्छ।’

स्थानीय रुपमा प्रशस्त पाइने तर कानुनी रुपमा ब’न्देज लगाइएका कुरालाई ब्राण्ड बनाएर विश्व बजारमा पुर्‍याउने लक्ष्यमा प्रदेश १ सरकार लागेको मन्त्री राईको भनाइ छ। ‘‘ब्या’ण्ड भर्सेज ब्राण्ड’ कै अवधारणा हामीले सुरु गरेका छौँ,’ उनले भनिन् ‘कानुनले किन ब’न्द गर्‍यो र यसलाई कसरी खोलेर व्यवस्थित रुपमा बजारमा ब्राण्ड बनाएर लैजान सकिन्छ, यसको अध्यायन सुरु भइसक्यो।’

लोकल र’क्सी र गाँ’जा’बाट नेपालले प्र’शस्त राजस्व सं’कलन गर्न सक्ने र आर्थिक रुपमा समेत स’मृद्धि हाँसिल गर्न सकिने भएकाले यस्ता वस्तुलाई ब’न्द गरेर राखि रहनु नहुने मन्त्री राईको तर्क छ । ‘मैले यो विषय पहिले सदनमा समेत उठाएकी हुँ, मन्त्री परिषद बैठकमा समेत छलफलका लागि पुर्‍याएको छु,’ उनले भनिन्, ‘म यो ब’न्द भएका वस्तुलाई खुला गर्ने वातावरणसम्म पुर्‍याउन सक्छु भन्ने लागेको छ।’

कानुन संसोधन गरेर भए पनि लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाएरै छाड्ने मन्त्री राईको अडान छ। सामाजिक विकास मन्त्रालय सम्हालेपछि बुधबार आफूले गर्ने आगामी कामका विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री राईले स्वास्थ्य, शिक्षा, खेलकुद, श्रमरोजगार र महिला तथा बालबालिकाको क्षेत्रमा रो’किएका कामलाई निरन्तरता दिँदै नयाँ काम गर्ने बताइन्।

उनले अहिले कोरोना भाइरस (को’भिड–१९) को दोस्रो चरण सुरु भएकाले यसको रोकथाम र अस्पताल सुधार तथा व्यवस्थापनलाई पहिलो प्राथ मिकता दिर्ने जानकारी दिइन्। Source:esidhakura

Leave a Reply

Your email address will not be published. Required fields are marked *